बिदाको दिनमा पनि सेवा निरन्तरता कायम राख्न सवारी व्यवस्थापन सुधार अपरिहार्य : प्रमुख प्रशासकीय अधिकृत भट्टराई
मोरङ । स्थानीय तहको सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी र निरन्तर बनाउने लक्ष्यसहित बुढीगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईले सार्वजनिक बिदाका दिनमा समेत कार्यालयका सवारी साधन प्रयोगसम्बन्धी स्पष्ट, व्यवहारिक र पारदर्शी नीति आवश्यक रहेको बताएका छन्। वर्तमान व्यवस्थामा रहेका अस्पष्टता र प्रक्रियागत झन्झटले सेवा प्रवाहमा अवरोध मात्र होइन, कर्मचारीको कार्यक्षमतामा समेत असर पारिरह...










