विनोद ढकालका पिताको निधनप्रति डा. शेखर कोइरालाद्वारा समवेदना व्यक्त
विराटनगर । पितृशोकमा परेका नेकपा एमालेका नेता तथा मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकालको निवासमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालगायतका नेताहरूले पुगेर समवेदना व्यक्त गरेका छन्।
ढकालका १०१ वर्षीय बुवा विष्णुप्रसाद ढकालको बिहीबार बिहान विराटनगरस्थित आफ्नै निवासमा निधन भएको हो। दिवंगत ढकालको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले दुःख व्यक्त गर...











