डीपीएस विराटनगरद्वारा खेलकुद छात्रवृत्ति कार्यक्रम घोषणा
विराटनगर। दिल्ली पब्लिक स्कुल (डीपीएस) विराटनगरले विद्यार्थीहरूको समग्र शिक्षा र खेलकुद विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘डीपीएस स्पोर्ट्स स्कलरशिप प्रोग्राम २०८३’ सञ्चालनमा ल्याउने घोषणा गरेको छ। विद्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त कार्यक्रम सार्वजनिक गरिएको हो।
विद्यालय प्रशासनका अनुसार यो कार्यक्रमले विद्यालय स्तरका प्रतिभाशाली खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्न...











