इटहरीकी सोनिका र इशासहित चार जना पक्राउ
झापा र सुनसरीबाट लागूऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।झापाको बिर्तामोड नगरपालिका २ स्थितमा लागूऔषध बेचबिखन भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बाह्रदर्शी गाउँपालिका ६ घर भई हाल सोही स्थानमा डेरा बस्ने दीपक कार्कीको कोठाबाट १ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर फेला पारी बेचबिखनमा संलग्न म...











