नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले २ सय प्रतिशत लाभांश बाँड्ने

नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले २ सय प्रतिशत लाभांश बाँड्ने
विराटनगर : सङ्घीय सांसद डा. सुनिल कुमार शर्माले सञ्चालन गरेको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पब्लिक लिमिटेडले लाभांश घोषणा गरेको छ । नोवेलको मङ्सिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८० ८१ को नाफा तथा सञ्चित नाफाबाट चुक्ता पुँजीको करसहित २ सय प्रतिशतका दरले ६० करोड रुपैयाँ सेयर धनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न नोवेलले पुस ९ गते कम्पनीको रज...

उच्च मनोबलसहित प्रहरी सेवालाई प्रभावकारी बनाउँछुः महानिरीक्षक कुँवर

उच्च मनोबलसहित प्रहरी सेवालाई प्रभावकारी बनाउँछुः महानिरीक्षक कुँवर
कास्की / प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उच्च मनोबलसहित प्रहरी सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने बताएका छन्। कास्कीको पोखरा महानगरपालिका-६ स्थित वडा प्रहरी कार्यालय बैदामको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले प्रहरी सेवालाई थप प्रभावकारी बनाउँदै जनताको सेवामा समर्पित हुने बताएका हुन्। अपराध नियन्त्रण प्रति शून्य सहनशीलता अपनाउँदै प्रहरी संगठनले काम गर्दै आएको बताउँद...

सञ्चारकर्मीलाई धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो : महासङ्घ

सञ्चारकर्मीलाई धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो : महासङ्घ
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सुनसरीस्थित धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत सञ्चारकर्मीलाई धम्की दिएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । धरानका प्रमुख साम्पाङले नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई र महासङ्घका राष्ट्रिय परिषद् सदस्य गोपाल दाहाललाई समाचारको विषयलाई लिएर धम्की दिएका थिए । “समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी प्रक्रिया जाने व...

आजको मौसमः हुस्सुले तराइमा हवाइ यातायात प्रभावित हुन सक्ने

आजको मौसमः हुस्सुले तराइमा हवाइ यातायात प्रभावित हुन सक्ने
हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरुमा हल्का हुस्सु लागेको छ। दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहन...

गोली हानेर धरानबाट २ गाडी गाँजा बरामद

गोली हानेर धरानबाट २ गाडी गाँजा बरामद
सुनसरीको धरानस्थित शिवधाराबाट गोली हानेर प्रहरीले मंगलबार राति २ गाडी गाँजा नियन्त्रणमा लिएको छ । लागुऔषध गाँजा लिएर आउँदै गरेको गाडी भगाउन खोजेपछि गोली हान्नु परेको प्रहरीले जनाएको छ । गाँजा लिएर धरानतर्फ आउँदै गरेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । त्यस क्रममा चालक भाग्न खोजेका थिए । चालकलाई नियन्त्रणमा लिन ४ राउण्ड गोली चलाउनु परेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल...

पथरी शनिश्चरे नगर प्रहरी भर्तीमा आशंका, सेटअपमा फेल भएकी उमेद्वार बनिन् सफल

पथरी शनिश्चरे नगर प्रहरी भर्तीमा आशंका,  सेटअपमा फेल भएकी उमेद्वार बनिन् सफल
गोपाल काफ्ले /  मोरङको पथरी शनिश्चरे नगरपालीकामा नगर प्रहरी भर्तीमा पदपुर्ती समिति माथी चलखेल गरेको आरोप आएको छ । नगरले लिएको पहिलो चरणको परिक्षामा फेल भएकी उमेदवारलाई नगर प्रहरीमा छनोट गरेको भेटिएको छ । पटक पटक फेल भएकी एक उमेद्वारलाई ३ पटक सम्म मौका दिएर पास गराएको अन्य उमेदवारको आरोप छ । नगरले पहिलो चरणको (शारिरिक तन्दुरुस्ती परिक्षा तथा वेरिङ जाँच )परिक्षामा असफल उमेद्वारलाई लिखित हुदै अन्तर्...

सांसद भगबती चौधरी वल्र्ड बुक अफ रेकर्डद्वारा लण्डनमा सम्मानित

सांसद भगबती चौधरी वल्र्ड बुक  अफ रेकर्डद्वारा लण्डनमा सम्मानित
नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा अतुलनीय योगदान पुर्याएकोमा समाजसेवी तथा आर्थिक सशक्तिकरणकी अभियान्ता सांसद भगबती चौधरी सम्मानित भएकी छिन । बेलायतको वर्ल्ड बुक अफ रेकर्डले पूर्वमन्त्री समेत रहेकी सांसद चौधरीलाई बेलायतको हाउस अफ कमन्स, बेलायती संसद वेस्ट मिन्स्टरमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । ‘समाजको उन्नतिको लागि लोकतान्त्रिक मूल्य र राष्ट्र...

प्रधानमन्त्री ओलीले आज पेकिङ बिश्वबिधालयमा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज पेकिङ बिश्वबिधालयमा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्दैछन् ।गत सोमवार चीनको चार दिने भ्रमणमा निस्केका प्रधानमन्त्री ओलीले आफनो भ्रमणको तेस्रो दिन पेकिङ विश्वबिधालयमा सम्बोधन गर्न लागेका हुन् । आज उनले नेपाल–चीन बिजनेस फोरमले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्नेछन भने अन्तिम बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी रह...

चीनले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने

चीनले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने
बेइजिङ : चीन सरकारले नेपाललाई पाँच सय मिलियन आरएमबी अर्थात् करिब नौ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच मंगलबार भएको भेटवार्तामा राष्ट्रपति सीले नेपाललाई पाँच सय मिलियन आरएमबी अनुदान दिने घोषणा गरेका हुन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच अत्यन्त सौहार्दपूर्ण रूपमा भएको भेट...

शौचालयमा लडेर २८ वर्षीय राईको मृत्यु

शौचालयमा लडेर २८ वर्षीय राईको मृत्यु
बागमती : शौचालयमा लडेर हेटौँडा उपमहानगरपालिका-६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको आज बिहान मृत्यु भएको छ । लडेर बेहोस भएका राईलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको मनवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी श्यामु अर्यालले बताए।