शौचालयमा लडेर २८ वर्षीय राईको मृत्यु

शौचालयमा लडेर २८ वर्षीय राईको मृत्यु
बागमती : शौचालयमा लडेर हेटौँडा उपमहानगरपालिका-६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको आज बिहान मृत्यु भएको छ । लडेर बेहोस भएका राईलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको मनवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी श्यामु अर्यालले बताए।

राष्ट्रपति पौडेल अस्पताल भर्ना

राष्ट्रपति पौडेल अस्पताल भर्ना
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । प्रोटेस्टसम्बन्धी उपचारका लागि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार उनलाई भर्ना गरेर शल्यक्रिया सुरु गरिएको छ । पूर्वतयारी भए अनुसार नै आज भर्ना गरेर शल्यक्रियाको प्रक्रिया अघि बढाइएको हो ।

सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने बस चालक कारबाहीमा

सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने बस चालक कारबाहीमा
नियम विपरीत विद्यार्थी बोक्ने इटहरी उपमहानगरपालिकाका स्कुल बस चालक कारबाहीमा परेका छन्। स्कुल बसमा स–साना विद्यार्थीहरूलाईसमेत उभ्याएर स्कुल लगेको भन्दै इटहरीमा कारबाही सुरु गरेको हो।नाबालिक विद्यार्थीहरूको सुरक्षालाई लापरबाही गरी सिटमा नराखी उभ्याएर बसमा यात्रा गराएको कारण सराकारी र निजी स्कुल बसलाई कारबाही गरिएको हो । इटहरीका मेयर हेमकर्ण पौडेल आफै सडक आएर बसहरुमा अनुगमन गरिएको हो ।मेयर पौडेलल...

रास्वपा सभापति लामिछानेलाई चितवन ल्याइयो, समर्थकको नाराबाजी

रास्वपा सभापति लामिछानेलाई चितवन ल्याइयो, समर्थकको नाराबाजी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन ल्याइएको छ । काठमाडौँबाट विमानमार्फत चितवन ल्याइएका लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । बयानका लागि आजै सरकारी वकिलको कार्यालय लैजाने प्रहरीको तयारी छ । चितवन साहारा बहुउद्धेश्यिय सहकारी संस्थाको बचत रकम ठगीको मुद्धामा बयान लिन लामिछानेलाई चितवन ल्याइएको हो । लामिछानेलाई चितवन ल्याउने क्रममा सुरक्षा...

प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्रीबिच भेटबार्ता
बेइजिङ / चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा स्वागत गरेका छन्। प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरिएको थियो। समारोहमा अन्य चिनियाँ नेताहरु पनि सहभागी थिए । प्रधानमन्त्री ओलीले समकक्षी छ्याङलाई आफ्नो भ्रमण दलका सदस्यहरुलाई परिचय गराएका थिए । चिनिया प्रधानमन्त्रीले पनि आफ्ना अन्य न...

एक हजारले बढ्यो सुनको मूल्य, तोलाको कति ?

एक हजारले बढ्यो सुनको मूल्य, तोलाको कति ?
काठमाडौं : आज मंगरबार नेपाली बजारमा सुनको मूल्य एक हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजारले बढेर एक लाख ५० हजार तीन सय रुपैयाँ कायम भएको छ । नेपाली बजारमा आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला ३० रुपैयाँले बढेर एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको एक हजार आठ...

आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यक : डा. कोइराला

आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यक : डा. कोइराला
 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकको आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यक रहेको बताएका छन् । जय नेपाल फाउन्डेशन जिल्ला कार्यसमिति सप्तरीको आयोजनामा सोमबार राजविराजमा गरिएको विचार गोष्ठीमा नेता कोइरालाले संविधानमा सुधार र समावेशी सहभागितालाई संस्थागत गर्न कांग्रेस अघि बढ्न आवश्यक रहेको बताए । उनले सुशासन र आर्थिक विकासका लागि दुई ठूला दलले गठबन्धन गरेको उल्लेख...

सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु प्रकरणमा दुई पक्राउ

सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु प्रकरणमा दुई पक्राउ
 स्कोरपियोको ठक्करबाट सिरहामा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) को मृत्यु प्रकरणमा दुई जनालाई पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा सोधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरूलाई आइतबार नियन्त्रणमा लिई आवश्यक बयान लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो । घट्नामा प्रयोग भएको गाडी र सङ्लग्न व्यक्तिको पन...

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओबादीका नमोनारायण माझी निर्वाचित, एमाले तेस्रो

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओबादीका नमोनारायण माझी निर्वाचित, एमाले तेस्रो
विराटनगर : मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नमोनारायण माझी निर्वाचित भएका छन् । ६ हजार ९ सय ६९ मतसहित उनी गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदारले ५ हजार ३ सय ३३ मत पाए । उनीहरूबीचको मतान्तर १ हजार ६ सय ३६ छ । निर्वाचनमा नेकपा (एमाले) तेस्रो भयो । एमालेका तुलसीराम विश्वास ४ हजार १ सय ५९ मतमा सीमित भए ।...

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन
काठमाडौं  / प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि सोमबार बिहान चीन प्रस्थान गरेका छन्। हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट प्रस्थान गरेका प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल सोमबार साँझ चीनको राजधानी बेइजिङ पुग्नेछ। सरकारी भ्रमण टोलीले राष्ट्रिय ध्वजाबाहक विमान चढेर सरकारी वायुसेवालाई प्रोत्साहन गर्नुपर्नेमा ओलीको भ्रमणले निजी क्षेत्रको विमान चार्ट...