मोरङ कारागारका बन्दीको मृत्यु
विराटनगर । जिल्ला कारागार मोरङमा रहेका एक बन्दीको शनिबार उपचारका क्रममा मृत्यु भएको छ ।मोरङको रंगेली नगरपालिका–२ घर भएका ४८ वर्षीय साइना मुर्मुको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
कारागारका निमित्त जेलर तुलसी पौडेलले शनिबार दिउँसो १२ः ३० बजेतिर मुर्मुलाई अचानक चक्कर लाग्ने र सास फेर्न गाह्रो हुने समस्या देखिएको बताए । उनलाई तत्कालै उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्याइएको थियो...










