आज १७ चैत्र २०८१ आइतवारको राशिफल

आज १७ चैत्र २०८१ आइतवारको राशिफल
मेष । प्रयत्न गर्दा रोकिएका काम प्रारम्भ हुनेछन्। लामो दूरीको यात्रा गर्दा स्वास्थ्यको ध्यान राख्नुहोला। आम्दानी बढ्नाले कार्यक्षेत्रमा उत्साह बढ्नेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक द्द रहेको छ। वृष । कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन मिल्नेछ। शेयर बाजारबाट लाभ प्राप्त हुनेछ। नोकरी वा पेशामा लगनशीलताले अधिकारी वर्गहरूलाई प्रभावित पार्न सक्नुहुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ ...

कोटेश्वर भाटभटेनीमा प्रदर्शनकारीहरुले तोडफोड ,प्रहरीलाई बोलाउँदा पनि नआएको सञ्चालकको गुनासो

कोटेश्वर भाटभटेनीमा  प्रदर्शनकारीहरुले  तोडफोड ,प्रहरीलाई बोलाउँदा पनि नआएको सञ्चालकको गुनासो
काठमाडौं । कोटेश्वरको भाटभटेनीमा तोडफोड भएको छ । राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूहले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा तोडफोड गरेको भाटभटेनी सुपरस्टोरका सीईओ पानु पौडेलले बताए । सो समूहले तीनकुनै नजिकै पर्ने आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा आगजनीसमेत गरेको छ । आक्रोशित समूहका व्यक्तिहरु कोटेश्वरका गल्ली गल्ली हिँड्दै माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडातर्फ प...

काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी

काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी
काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो । आजै राति १० बजेसम्म कर्फ्यु आदेश जारी भएको प्रशासनले जनाएको छ । राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्रशासनले कर्फ्यु आदेश गरेको हो । कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो । #

अन्नपूर्ण पोष्टको कार्यालयमा तोडफोड, आगजनीको प्रयास

अन्नपूर्ण पोष्टको कार्यालयमा तोडफोड, आगजनीको प्रयास
अन्नपूर्ण पोष्टको कार्यालय रहेको भवनमा आगजनीको प्रयास भएको छ । तीनकुनेस्थित कार्यालयको भवनमा राजावादी प्रदर्शनकारीहरूले आगजनीको प्रयास गरेका हुन् । राजावादीहरुको प्रदर्शन बिथोलिएपछि उग्र भएको समूहले अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा ढुंगामुढा गरेको थियो । ढुंगामुढाबाट कार्यालयको सिसा फुटेको छ ।

नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा प्रहरी तैनाथ

नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा प्रहरी तैनाथ
१५ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा प्रहरी तैनाथ गरिएको छ । राजावादी समूहका प्रदर्शनकारीहरू उग्र बन्दै कार्यालय अगाडि आगजनी र तोडफोडमा उत्रिएपछि अहिले प्रहरी तैनाथ गरिएको हो । #

एकीकृत समाजवादी कार्यालयमा आगजनी

एकीकृत समाजवादी कार्यालयमा आगजनी
१५ चैत, काठमाडौं । काठमाडौंको आलोकनगरमा रहेको एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आगजनी भएको छ । राजावादी समर्थक प्रदर्शनकारीहरूले समाजवादी पार्टी कार्यालय तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् । यसअघि राजावादी समर्थक प्रदर्शनकारीहरूले तीनकुनेस्थित एक घरमा आगजनी गरेका थिए । यसैगरी प्रदर्शनकारीले पेरिसडाँडा नजिक एक सरकारी गाडीमा समेत तोडफोड गर्नुका साथै आगजनी गरेका थिए । ...

सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा नयाँ रेकर्ड
काठमाडौँ । सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्यमा १ हजार ४ सय रुपैयाँको वृद्धि भएको छ । बिहीबार प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाली इतिहासमा सुनको मूल्य यो इतिहासकै उच्च हो । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ ...

तीर्थ यात्रामा गएका चारजनाको भारतमा दुर्घटनामा परी मृत्यु

तीर्थ यात्रामा गएका चारजनाको भारतमा दुर्घटनामा परी मृत्यु
तीर्थ यात्रामा हिँडेका दाङ तुलसीपुरका चारजनाको भारतमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ। तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको स्कार्पियो गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो । बिहीबार बिहान तुलसीपुरबाट तिर्थ यात्राका लागि गएको युपी ३१ एसी ७२०० नम्बरको स्कार्पियो भारतको बहराइचमा दुर्घटना भएको थियो । गाडीमा नौ जना सवार रहेको र अरु घाइते भएका छन् ।गाडीमा सवार सबैजना यात्रु तुलस...

इलाममा एक किशोरीको शव गाडिएको अवस्थामा फेला

इलाममा एक किशोरीको शव गाडिएको अवस्थामा फेला
इलाममा एक किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ । फाकफोकथुम गाउँपालिका–३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव उनी हराएको १५ दिनपछि फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार कट्टेलको शव फाकफोकथुम गाउँपालिकाको गोलाइ भन्ने स्थानमा आज फेला परेको हो । शव उत्खनन गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । शव उत्खनन गरेपछि कानुनी प्रक्...

ट्रक ब्याक गर्ने क्रममा आफ्नै बाउले गरे छोरिको मृत्यु

ट्रक ब्याक गर्ने क्रममा आफ्नै बाउले गरे छोरिको मृत्यु
बनेपा नगरपालिका वडा नं ४ मा बा ४ ख ८५९२ नंबरको महेन्द्र निशान ट्रकले किच्दा ३ वर्षकी समीक्षा बरालको मृत्यु भएको हो । उक्त गाडी उनका बाबू सरोज बरालले चलाइहरेका थिए । सिन्धुली गोलन्जोर गाउँपालिका वडा नं १ घर भएका बराल नालामा परिवारसहित बस्दै आएक थिए । स्थानीय शुभकामना सप्लायर्स नामक बालुवा डिपोमा बस्दै आएका बरालले खाली ट्रक ब्याक गर्ने क्रममा छोरी समीक्षालाई किचेको थियो । उनको घटनास्थलम...