बुढीगंगामा नोना कोइराला स्मृति प्रतिष्ठानद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना, ३ सय ५२ जनाको स्वास्थ्य परीक्षण

बुढीगंगामा नोना कोइराला स्मृति प्रतिष्ठानद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना, ३ सय ५२ जनाको स्वास्थ्य परीक्षण
विराटनगर / नोना कोइराला स्मृति प्रतिष्ठान, बूढीगंगा गाउँपालिका र केएचडीसी नेपालको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । मोरङको बूढीगंगा गाउँपालिकास्थित नरग्राम माविमा आयोजित शिविरको नेपाली कांग्रेसका वरिष्ठ नेता तथा संघीय सांसद डा. शेखर कोइरालाले उद्घाटन गर्नुभयो । कोइरालाले आफ्नो प्रेसर र सुगर जाँच गरेर शिविरको उद्घाटन गर्नुभएको हो । ग्रामीण क्षेत्र र आर्थिक रुपमा विपन्न...

चार सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?

चार सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?
काठमाडौँ : स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु ४०० ले बढेको हो । बिहीबार प्रतितोला सुन रु एक लाख ६९ हजार ८०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ७० हजार २०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदी प्रतितोला रु पाँचले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ७० निर्धारण गरिएको छ ।

दीपकसँगको फोटो सेयर गर्दै दीपा लेख्छिन्- ह्याप्पी भ्यालेन्टाइन्स डे !

दीपकसँगको फोटो सेयर गर्दै दीपा लेख्छिन्- ह्याप्पी भ्यालेन्टाइन्स डे !
काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौला अहिलेका चर्चित जोडी हुन् । अनस्क्रिनदेखि व्यवसायिक क्षेत्रमा यी दुईको सहकार्य छ । धनियाँ र रामविलासदेखि ‘तीतो सत्य’ हुँदै ‘छक्कापञ्जा’ श्रृंखलासम्म यी दुईले मिलेर कार्य गरिरहेका छन् । यी दुईले एकअर्कालाई ‘असल साथी’ बताउने गरेका छन् । दीपकको परिवार छ भने दीपा अहिलेसम्म अविवाहित छिन् । दीपक र दीपाको केमेस्ट्रीको चर्चा सँधै हुनेगर्छ । २५ वर्षसम्म पनि यी दु...

विराटनगरमा सोरुम फुटाएर चोरी गरिएको कार भेटियो, १ जना पक्राउ

विराटनगरमा सोरुम फुटाएर चोरी गरिएको कार भेटियो, १ जना पक्राउ
विराटनगर । विराटनगरमा सोरुम फुटाएर चोरी गरिएको नयाँ कार प्रहरीले फेला पारेको छ । चोरीमा संलग्न भएको आरोपमा १ जना पक्राउ परेका छन् । मोरङ प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर हेमराज ओलीका अनुसार विराटनगर महानगरपालिका–३ पिपल चोकनजिक रहेको पूजा इन्टरनेशनल नेपाल प्रा।लिले सञ्चालन गरेको फोक्स बगान कम्पनीको सोरुमबाट बा ०१३० च ८५८१ नम्बरको अनटेस्ट कार चोरी भएको थियो । घटनाका बारेमा प्रहरीले आज ९शुक्र...

बिर्तामोड घर भएका युवक विराटनगरबाट पक्राउ, ब्राउन सुगर बरामद

बिर्तामोड घर भएका युवक विराटनगरबाट पक्राउ, ब्राउन सुगर बरामद
विराटनगर । झापाको बिर्तामोड घर भएका १ जना युवक विराटनगरबाट पक्राउ परेका छन् । साथबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) बरामद भएको छ । भारतको जोगवनीबाट ब्राउन सुगर लिएर आउँदै गर्दा बिर्तामोड नगरपालिका–६ का १८ वर्षीय रोहित राजवंशी पक्राउ परेका हुन् । उनलाई विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट बिहीबार साँझ पक्राउ गरिएको मोरङ प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर हेमराज ओलीले बताए । उनक...

डान्सबारमा ‘महिला नाचेको’ भिडियो खिचेको भन्दै कुटाकुट, एक जनाको मृत्यु

डान्सबारमा ‘महिला नाचेको’ भिडियो खिचेको भन्दै कुटाकुट, एक जनाको मृत्यु
काठमाडौं । नवलपरासी पश्चिमको बर्दघाटस्थित एक डान्सबारमा कुटपिट हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ । गत माघ २८ गते मध्यराति बर्दघाट नगरपालिका–१३ जमुनाबारीस्थित नशा रेष्टुरेन्ट एण्ड डान्स बारमा दुई पक्षबीच कुटाकुट हुँदा प्रतापुर गाउँपालिका–९ खैरेनीका ४५ वर्षीय सन्तबहादुर चौधरी घाइते भएका थिए । उनको उपचारका क्रममा घाइते भएको उनको उपचारको क्रममा चौरहा अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्...

यदि तपाईं भ्यालेन्टाइन डेमा सिंगल हुनुहुन्छ भने चिन्ता लिनु पर्दैन, किनकि सिंगल हुँदा तपाईंलाई केही विशेष फाइदाहरू

यदि तपाईं भ्यालेन्टाइन डेमा सिंगल हुनुहुन्छ भने चिन्ता लिनु पर्दैन, किनकि सिंगल हुँदा तपाईंलाई केही विशेष फाइदाहरू
यदि तपाईं भ्यालेन्टाइन डेमा सिंगल हुनुहुन्छ भने चिन्ता लिनु पर्दैन, किनकि सिंगल हुँदा तपाईंलाई केही विशेष फाइदाहरू छन्: डेटको दबाव छैन: सिंगल हुनु भनेको तपाईंलाई आफ्नो डेटलाई "पर्फेक्ट" बनाउनको लागि कुनै टेन्सन छैन। तपाईं आफ्नो समय आफैं तय गर्न सक्नुहुन्छ र आनन्दित रहन सक्नुहुन्छ। कोही अपेक्षा र चिन्ता छैन: तपाईंलाई अरूसँग कुनै अपेक्षा राख्न पर्दैन। तपाईंको दिन तपाईंको चाहना अनुसार नै बित्छ।...

नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति

नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति
काठमाडौं। अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति भएको छ। सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने महत्त्वकांक्षा सार्वजनिक गरेको सन्दर्भमा दुई देशबीच उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने विषयमा मतैक्यता भएको हो। प्रसारण सञ्जालको विस्तारमार्फत विद्युत् व्यापारमा थप सहजता प्रदान गर्न पछिल्लो स...

प्रहरी कुट्ने गर्ने अनेरास्ववियुका नेता जोशी पक्राउ

प्रहरी कुट्ने गर्ने अनेरास्ववियुका नेता जोशी पक्राउ
काठमाडाैँ : ठमेलमा प्रहरीमाथि कुटपिट घटनामा संलग्न रहेको आरोपमा अनेरास्ववियुका नेता कमलराज जोशी पक्राउ परेका छन्। नेता जोशीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंले नयाँ बानेश्वरबाट जोशीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। माघ २४ गते ठमेलमा दरबारमार्गमा कार्यरत प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नर्गेन्द्रराज विष्टमाथि कुटपिट भएको थियो। उक्त घटनामा यसअघि ता...

आज प्रणय दिवस, प्रेम साटासाट गरी मनाइँदै

आज प्रणय दिवस, प्रेम साटासाट गरी मनाइँदै
काठमाडौ‍ं : आज फेब्रुअरी १४, प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे। नेपालसहित विश्वभर प्रेमिल जोडीले यस विशेष दिन उत्साहका साथ मनाउने गर्छन्। एक सातासम्म मनाइने भ्यालेन्टाइन सप्ताहको अन्तिम तथा सबैभन्दा महत्त्वपूर्ण दिनका रूपमा आज प्रेम जोडीले एकआपसमा उपहार आदान–प्रदान गर्दै माया साटासाट गर्ने चलन छ। पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ। प्रेमका पक्षधर सन्...