इटहरीमा सौन्दर्यकर्मी युनियनको तीज विशेष : मौलिकता हराउँदै गएको चिन्ता
इटहरी : महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा नेपाल सौन्दर्यकर्मी युनियन नेपाल, इटहरी नगर समितिले इटहरीमा तीज विशेष शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा भएको कार्यक्रममा युनियनकी नगर अध्यक्ष पूजा भट्टराईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा युनियनकी कोशी प्रदेश सदस्य एवम् इटहरी नगर समितिकी संस्थापक अध्यक्ष सृजना बस्नेतल...











