कोशीका पूर्व मुख्यमन्त्री शेरधन राई आयोगको कालोसूचीमा
विराटनगर । निर्वाचन खर्च विवरण नबुझाउँदा कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका शेरधन राई निर्वाचन आयोगको कालोसूचीमा परेका छन्। प्रतिनिधिसभा निर्वाचन २०७९ मा भोजपुर–१ बाट उम्मेदवार बनेका राईले तोकिएको समयभित्र खर्च विवरण आयोगमा बुझाउन र मतदातामाझ सार्वजनिक गर्न नसकेको आयोगले जनाएको छ।
उक्त निर्वाचनमा राईलाई माओवादी केन्द्रका उम्मेदवार सुदन किरातीले पराजित गरेका थिए। तर खर्च विवरण नबुझाउने म...











