एमाले महाधिवेशन : सकियो मतदान, केही बेरमा नतिजा
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहान सकिएको हो ।
नयाँ नेतृत्व चयनका लागि २ हजार २ सय ६३ प्रतिनिधि चयन भएका थिए । तर शतप्रतिशत भोट खसेको छैन । २ हजार २२७ मत मात्र खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनका अनुसार ३६ अनुपस्थित भए ।
८...











