विराट ट्रेड एक्स्पोको सम्पूर्ण तयारी पूरा, एक्स्पोमा जलपरीदेखि सिड्नीको झल्को
विराटनगर / मोरङ उद्योग व्यापार संघको आयोजनामा बुधबारदेखि सुरु हुने विराट ट्रेड एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको छ ।
मंगलबार आयोजकले पत्रकार सम्मेलन गरेर एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोजक समितिका संयोजक अमित सारडाले डोमसहितको स्टल निर्माणदेखि अन्य सम्पूर्ण तयारी पूरा भएको जनाए । ‘सबै क्षेत्रका स्टल निर्माण भइसकेको छ, पार्किङ पनि निर्माण भइसकेको छ,’ सारडाले भने, ‘अब केही प्रति...











