झुम्का कारागारलाई पुस्तक-दराजसहित पुस्तक सहयोग
रामधुनीस्थित झुम्का कारागार पुस्तकालयलाई पुस्तक-दराजसहित २५० थान पुस्तक प्रदान गरिएको छ। पूर्वेली अन्तर्राष्ट्रिय समाजको सहयोग तथा लायन्स क्लब अफ धरान ग्लोरीको आयोजनामा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको लायन्स क्लब अफ धरान ग्लोरीकी अध्यक्ष एकता श्रेष्ठले जानकारी दिइन्।
कार्यक्रमको मुख्य उद्देश्य कारागारलाई केवल बन्दी गृह मात्र नभई सुधार गृहको रूपमा परिणत गर्ने र बन्दीहरूको वि...










