५० वर्षदेखि खटिएको इटहरी प्रहरी कार्यालय जेन–जी आन्दोलनमा ध्वस्त, इटहरीमा सुरक्षा सेवा कसरी ?
इटहरी : जेन–जी आन्दोलनका क्रममा गएको मङ्गलवार भएको भीषण आगजनीले इलाका प्रहरी कार्यालय, इटहरी पूर्ण रूपमा ध्वस्त भएको छ । २०३२ सालमा प्रहरी चौकीका लागि बनेको भवनले पाँच दशकदेखि निरन्तर सेवा दिँदै आएको थियो ।
२०६२–६३ को आन्दोलनका साथै यहाँ भएका हरेक आन्दोलनहरुमा सुरक्षाका लागि तल्लिन रहेकार सफल बनेको इलाका स्वयं असुरक्षित बनेको छ र दैनिक सेवा प्रवाह ठप्प हुने अवस्थामा पुगेको छ । कार्यालयमा रहे...











