‘कि भुक्तानी दिनुस्, नत्र मलाई पासो लगाएर मार्नुस्..’

‘कि भुक्तानी दिनुस्, नत्र मलाई पासो लगाएर मार्नुस्..’
लहान : ‘म अब सहन सक्दिन । अति भयो । म कुचो, झाडु र लठ्ठीसहितको जुलुस लिएर आउँछु । अब वारपार हुन्छ,’ आक्रोसित शिला चौधरी (जयसवाल) ले ज्वराक्रान्त झैं बर्वराउँदै गहभरी आँशु बनाएर थपिन्,‘हाकिम साव कि भुक्तानी दिनुस् नत्र मलाई पासो लगाएर मार्नुस् ।’ लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाको कार्यकक्षमा शिला चौधरीले आक्रोस पोख्ने र करुणिक विलौना गर्ने गरिरहेकी थिइन् । अधिकृत झा आक्रोसि...

विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग

विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
सपना विककी आमा सेतु विक छोरीले वडा कार्यालयबाट साइकल पाएपछि मक्ख छिन्। अर्थाभावले छोरीलाई साइकल किन्न अक्षम सेतुको समस्या वडा कार्यालयले टारिदिएपछि आमाछोरी दङ्गा छन्। कक्षा ९ मा त्रिभुवन माध्यमिक विद्यालय वसन्तामा अध्ययनरत सपनाको रहर पूरा भएको छ । “अरु साथीहरु साइकल चढेर विद्यालय गएको देख्थे, मेरो पनि भइदिए हुन्थ्योजस्तो लाग्थ्यो”, सपना भन्छिन्, “अब साथीहरुसँगै म पनि लैजान्छु ।” टीकापुर नग...

अमेरिकामा फर्निचर उद्योगको छतमा खस्यो प्लेन, २ जनाको मृत्यु

अमेरिकामा फर्निचर उद्योगको छतमा खस्यो प्लेन, २ जनाको मृत्यु
दक्षिण क्यालिफोर्नियाको फुलरटनमा विमान दुर्घटना परेको छ । बिहीबार एक सानो विमान ठूलो फर्निचर उत्पादन गर्ने भवनको छतमा खस्दा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । दुर्घटनाको समयमा उक्त भवनभित्र २०० भन्दा बढी व्यक्ति कार्यरत थिए । फुलरटन प्रहरीकी प्रवक्ता क्रिस्टि वेल्सका अनुसार मृतकहरूको पहिचान खुलाइएको छैन । उनीहरू विमानभित्र थिए कि भवनभित्र भन्ने अझै स्पष्ट नभएको सीएनएनले जन...

आजदेखि इस्वी संवतको नयाँ वर्ष २०२५ सुरु

आजदेखि इस्वी संवतको नयाँ वर्ष २०२५ सुरु
आज १७ पुष २०८१, बुधबार पुष शुक्ल द्वितीया तिथि। आजबाट इस्वी संवत् २०२५ सुरु भएको छ। ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको हो। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात् भएको मान्यता छ। पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ। ...

आजको मौसम : तराईका धेरै स्थानमा हुस्सु

आजको मौसम : तराईका धेरै स्थानमा हुस्सु
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ। साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार बुधबार दिउँसो देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छ। राति सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने छ। बिहीबार बिहान तराई तथा क...

म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो

म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो
गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा धान र कोदोको उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष धान पाँच प्रतिशत र कोदो उत्पादनमा दुई प्रतिशतले वृद्धि भएको छ । साथै कोदो र अन्य तरकारी तथा फलफूल उत्पादनमा पनि विगतका वर्षहरुमा भन्दा बृद्धि भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामिछानेले बताए । एक नगरपालिका र पाँच वटा गाउँपालिका रहेको जिल्लाको विभिन्न स्थानम...

१२औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै

१२औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
जागरुक युवा अभियान नेपालको आयोजनामा १२औं राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन्। नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो। दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्ब...

प्रधानमन्त्रि बन्छु भन्दै प्रचण्ड मजाक गर्दै हिड्नु भएको छ : शंकर पोखरेल

प्रधानमन्त्रि बन्छु भन्दै प्रचण्ड मजाक गर्दै हिड्नु भएको छ : शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीबाट हट्नुपर्दाको पीडा र छटपटीमा पुष्पकमल दाहाल प्रचण्ड रहेको बताएका छन् । नेपालगञ्जमा आयोजित एक कार्यक्रममा पोखरेलले प्रचण्ड फेरि पनि प्रधानमन्त्री बन्छु भन्दै हिडेको बताए । ‘अझै अब म नै प्रधानमन्त्री बन्छु भन्दै प्रचण्ड मजाक गर्दै हिड्नु भएको छ’, महासचिव पोखरेलले भने । यसरी कमजोर पार्टीले बलिया शक्तिमाथि शासन गर्न खोजेकाले नेपाली कांग्रेससँ...

८४ बर्षमा पनि गाउँबस्ती डुल्दै व्यापार गर्दै कञ्चनपुरका रामस्वरुप राना थारू

८४ बर्षमा पनि गाउँबस्ती डुल्दै व्यापार गर्दै कञ्चनपुरका रामस्वरुप राना थारू
चाउरी परेको अनुहार, सेतै फुलेका दाह्री, जुँगा, झुत्रा पहिरन र साइकलको पछाडि रङ्गीचङ्गी आकर्षक डोरी। यही हुलियामा सखारै घरबाट निस्किन्छन्, वेदकोट नगरपालिका-१० दैजीका रामस्वरुप राना थारू । साइकलमा गाउँबस्ती डुल्दै डोरी बेचेर बेलुकी घर फर्कनु उनको दैनिकी हो । ८४ वर्षको वृद्ध उमेरमा पनि उनको जोसजाँगर युवाभन्दा कम छैन । उनले फालिएका प्लास्टिक सङ्कलन गरेर बनाइएका डोरी, जाल, मुखौरीलगायत बिक्री गरी जीव...

झापाको बिर्तामोडमा आगलागी, २५ लाख क्षति अनुमान

झापाको बिर्तामोडमा आगलागी, २५ लाख क्षति अनुमान
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–७ मियावारीमा आज बिहान आगलागी हुँदा ठूलो धनमालको क्षति भएको छ। बिहान करिब ४:४० बजेतिर विद्युत् सर्ट भई लालबहादुर अधिकारीको ग्वाली र मिलमा आगलागी भएको हो। आगलागीका कारण मिलमा रहेका मकै र पराल पूर्णरूपमा जलेर नष्ट भएका छन्। यस घटनाबाट अन्दाजी २५ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ। साथै, आगलागीमा एउटा बाछीको मृत्यु भएको छ भने अर्को बाछी घाइते भएको छ। म...