‘भगवान् श्रीपशुपतिनाथ’ पुस्तक प्रकाशन
भगवान् पशुपतिनाथको तात्विक स्वरुप र पञ्चकृत्यको वर्णन एवं व्याख्याद्वारा भक्तलाई मार्गदर्शन गर्न र पशुपतिनाथका बारेमा जिज्ञासुको जिज्ञासा समाधान गर्न ‘भगवान् श्रीपशुपतिनाथ’ नामक पुस्तक प्रकाशन गरिएको छ ।
श्रीपशुपति अर्चना सुव्यवस्था प्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तकमा पाँचवटा खण्ड समावेश गरिएका छन् । प्रतिष्ठानको यो पाँचौँ प्रकाशन हो । पुस्तकको पहिलो खण्डमा स्तुति, दोस्रो खण्डमा त...











