बुढीगंगामा कांग्रेस सभापतिका लागि दिलीपकुमार चौधरीको उम्मेदवारी
मोरङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुढीगंगा गाउँपालिकाको सभापति पदका लागि दिलीपकुमार चौधरीले उम्मेदवारी घोषणा गरेका छन्।
बुढीगंगा गाउँपालिका–६ का वडा अध्यक्ष तथा गाउँ कार्यपालिका सदस्यसमेत रहेका चौधरीले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै सबै तहका नेता तथा कार्यकर्तालाई एकताबद्ध गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
जेहेन्दार, सक्रिय तथा संगठनप्रति प्रतिबद्ध नेताका रूपमा परिचित चौध...










