नक्कली सुन देखाएर ठग्ने उदयपुरका विक भद्रपुरबाट पक्राउ

नक्कली सुन देखाएर ठग्ने उदयपुरका विक भद्रपुरबाट पक्राउ
बिर्तामोड । प्रहरीले नक्कली सुनको गहना भन्दै ठगेर हिँड्ने एकजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगडी-३ का ४३ वर्षीय जीतबहादुर विक रहेका छन् । विकले माघ १५ गते भद्रपुर-५ भद्रपुर बजारमा रहेको भोजपुर ज्वेर्समा सुनजस्तो देखिने पहेँलो धातु (नक्कली सुन) धरौटी राख्न खोज्दा सुन पसलेले शंका लागेर प्रहरीलाई खबर गरेका थिए ।वडा प्रहरी कार्यालय भद्रपुरले विकलाई पक्राउ गरेको हो । उनलाई...

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो
काठमाडौँ । आज सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा दुवैको मूल्यमा गिरावट आएको हो। आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र चाँदीको मूल्य सात हजार ६५ कायम भएको छ।

निर्वाचनका लागि भारतले दियो २५० गाडी

निर्वाचनका लागि भारतले दियो २५० गाडी
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारत सरकारले नेपाललाई विभिन्न सुरक्षा सामग्री तथा सवारी साधन सहयोग स्वरूप उपलब्ध गराएको छ । बिहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा भारत सरकारको तर्फबाट दंगा नियन्त्रणका उपकरणसहित आवश्यक सवारी साधनहरू नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो । भारत सरकारले उपहारस्वरूप उपलब्ध गराउने ६५० सवारी साधनमध्ये २५० वटा यसप...

इटहरीकी सोनिका र इशासहित चार जना पक्राउ

इटहरीकी सोनिका र इशासहित चार जना पक्राउ
झापा र सुनसरीबाट लागूऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।झापाको बिर्तामोड नगरपालिका २ स्थितमा लागूऔषध बेचबिखन भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बाह्रदर्शी गाउँपालिका ६ घर भई हाल सोही स्थानमा डेरा बस्ने दीपक कार्कीको कोठाबाट १ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर फेला पारी बेचबिखनमा संलग्न म...

मोरङ क्षेत्र नम्बर १ मा नयाँ र पुराना शक्तिबीच रोचक भिडन्त

मोरङ क्षेत्र नम्बर १ मा नयाँ र पुराना शक्तिबीच रोचक भिडन्त
मोरङको निर्वाचन क्षेत्र नम्बर १ बाट चौथो पटक चुनावी मैदानमा उत्रिएका घनश्याम खतिवडाका लागि यो पटकको प्रतिस्पर्धा एउटा निर्वाचन मात्रै नभएर राजनीतिक जीवनकै ‘अग्निपरीक्षा’ र ‘अन्तिम लडाइँ’ पनि हो । खतिवडाको चुनावी खर्चको एउटा रोचक किस्सा छ । २०७० को चुनावमा ७ कट्ठा र २०७४ को चुनावमा १० कट्ठा जग्गा बेचेर उनले चुनावी खर्च जुटाए । खतिवडा एमाले कोशी प्रदेशका अध्यक्षसमेत हुन् । २०७४ को चुनावताका उनी आ...

सुनको मूल्य तीन लाख एक हजार चार शय नयाँ कीर्तिमान

सुनको मूल्य तीन लाख  एक हजार चार शय नयाँ  कीर्तिमान
काठमाडौँ । आज सुन प्रतितोला ९ हजार २ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १ हजार ४ सय कायम भएको छ । त्यस्तै चाँदी ३२० ले बढेर ६ हजार १९० कायम भएको छ ।

पार्टी फुटबाट जोगाउन मध्यमार्गी धार रोजें : शेखर कोइराला

पार्टी फुटबाट जोगाउन मध्यमार्गी धार रोजें : शेखर कोइराला
मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई फुटको जोखिमबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको स्पष्ट पारेका छन्। बिहीबार मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत सुन्दरहरैंचामा आयोजित पार्टी अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै नेता कोइरालाले पार्टीभित्र बढ्दो तनाव र अतिवादका बीच शान्त, सौम्य र सन्तुलित भूमिकामै आफू दृढ रहेको बताए। “पार्टी जोगाउन शान्त र सौम्य पक्ष रो...

कांग्रेसबाट मोरङमा को-को उम्मेदवार ? नामावली

कांग्रेसबाट मोरङमा को-को उम्मेदवार ? नामावली
बेलबारी । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका सबै क्षेत्रमा उम्मेदवार सार्बजनिक गरेको छ । क्षेत्र नम्बर १ बाट खड्ग फागोलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेस मोरङले सार्वजनिक गरेको अन्तिम उम्मेदवारको नामावलीअनुसार जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनका लागि फागोसँगै मोरङ २ बाट डा. मिनेन्द्र रिजाल, मोरङ ३ बाट डा. सुनिल शर्मा,मोरङ ४ बाट गुरुराज घिमिरे, मोरङ ५ बाट फुल...

काँग्रेसबाट सुनसरीमा तामाङ, कोईराला,गच्छदार र कार्की उम्मेदवार

काँग्रेसबाट सुनसरीमा तामाङ, कोईराला,गच्छदार र कार्की उम्मेदवार
सुनसरी । नेपाली काँग्रेसले सुनसरीका चार वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । सुनसरी क्षेत्र नं। १ मा क्षेत्रीय सभापति सुजेन्द्र तामाङ उम्मेदवर बनेका छन् । तामाङ काँग्रेसका नेता शेखर कोइराला निकट रहेकोमा विशेष महाधिवेशनका क्रममा गगन थापा पक्षमा खुलेका थिए। क्षेत्रबाट उनको नाम सिफारिस नभएको भएपनि टिकट पाएका हुन् । क्षेत्र नं। २ मा काँग्रेसले राजीव कोइरालालाई उम्मेदवार बनाएको छ । २०७...

आशिका तामाङले पाइन् रास्वपाको टिकट, हिमेश पन्त हटे

आशिका तामाङले पाइन् रास्वपाको टिकट, हिमेश पन्त हटे
आशिका तामाङ धादिङ-१ बाट उम्मेदवार बन्ने भएकी छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट लिएर चुनाव लड्ने भएकी हुन् । यो क्षेत्रमा यसअघि कमेडियन हिमेश पन्त उम्मेदवार थिए । उनी तेस्रो भएका थिए । यसपटक रास्वपाले हिमेशलाई हटाएर आशिकालाई टिकट दिएको हो । सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका छन् ।