विराटनगरमा पत्रकार र प्रहरीविच घम्साघम्सी आखिर किन भयो ?
कोशी प्रदेश सरकारले सदनमा पेस गरेको कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विरोधमा पत्रकारले प्रदेश सभा बाहिर धर्ना दिन पुगेका बेला प्रहरीसँग घम्साघम्सी भएको छ ।
निषेधित क्षेत्र मानिने उक्त कोशी प्रदेशसभा भवनमा सभामुख प्रवेश गर्ने गेट छेउमै पत्रकारहरूले धर्ना दिएपछि प्रहरीसँग केहीबेर घम्साघम्सी समेत भएको छ ।
संसदीय पत्रकार मञ्च कोशीले प्रदेशसभा परिसरमा धर्ना दिएको थियो...











