कोशी अस्पताल र बीपी प्रतिष्ठानलाई प्रथम सेवा बिन्दुको मान्यता
विराटनगर । स्वास्थ्य बिमा बोर्डले विराटनगरस्थित कोशी अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई फेरि ‘प्रथम सेवा बिन्दु’को मान्यता दिएको छ ।
बोर्डले असार १९ गतेको बैठकबाट साउन १ गतेदेखि यी २ स्वास्थ्य संस्था ‘रेफरल सेन्टर’ मात्र हुने निर्णय गरेपछि देखिएको तीव्र विरोधपछि उक्त निर्णय फिर्ता भएको हो । बुधबार स्वास्थ्य मन्त्रालयको निर्देशनमा बोर्डले दुवै संस्थालाई असोज मसान्तसम्...











