सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले लगाए दर्ज्यानी चिह्न, सम्हाले संगठनको कमाण्ड
काठमाडाैं। सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले पदको दर्ज्यानी चिह्न लगाएका छन्। गृह मन्त्रालयमा आयोजित एक विशेष समारोहका बीच गृहसचिव राजकुमार श्रेष्ठले उनलाई आईजीपीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) को भूमिकामा रहेका पौडेललाई संगठनको सर्वोच्च पद महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेसँगै उन...










