व्यापार नहुँदा झापाका पाँचवटा छोटी भन्सार बन्द
बिर्तामोड । झापाको मेची भन्सार कार्यालय मातहतका ६ वटा छोटी भन्सार कार्यालयमध्ये एउटा मात्र सञ्चालनमा छ । राजस्व असुली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अरू पाँचवटा छोटी भन्सार बन्द अवस्थामा छ ।
मेची भन्सार कार्यालयअन्तर्गत गौरीगन्ज–२ मा आठमौजा छोटी भन्सार, मेचीनगर–२ मा गाडागल्ली छोटी भन्सार, मेचीनगर–४ मा बाहुनडाँगी छोटी भन्सार, मेचीनगर–५ मा नकलबन्दा छो...










