वडाध्यक्षको मृत्यु ‘रहस्यमय’ : होटलमा बसेका थिए २ युवती र ३ पुरुष
महोत्तरीको रामगोपालपुर नगरपालिकाका वडाध्यक्ष मुकेश यादवको मृत्युलाई माओवादी केन्द्रले रहस्यमय दाबी गर्दै घटनाको गहिरो अनुसन्धानको माग गरेको छ। यादवको शव महोत्तरीको बर्दिबास नगरपालिकामा आइतबार बिहान मोटरसाइकलसँगै फेला परेको थियो। पोस्टमार्टमपछि शवको अन्त्येष्टि गरिएको छ।
माओवादी केन्द्रका इन्चार्ज राजु खड्काले यादवको मृत्यु सामान्य मोटरसाइकल दुर्घटनाबाट नभएको आशंका व्यक्त गरेका छन...