सुनकोसीमा खसेको गाडी निकालियो, बेपत्ता तीन जनाको खोजी जारी
काठमाडौँ / सिन्धुलीमा भएको दुर्घटनामा सुनकोसी नदीमा खसेको गाडी निकालिएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश खुर्कोटको गोताखोर टोलीले गाडीलाई नदी किनारमा निकालेको छ ।
शनिबार साँझ करिब साढे ५: ३० बजे हाइलक्स गाडी सुनकोसीमा खस्दा ३ जना बेपत्ता भएका थिए ।
भक्तपुरको सूर्यविनायक नगरपालिका ४ बाट हलेसी तीर्थयात्रा गएर फर्किने क्रममा गाडी दुर्घटना भएको हो । बेपत्ता हुनेमा गा...