मन्त्रालयको बाँडफाँट भइसकेको छैन : अध्यक्ष ओली

मन्त्रालयको बाँडफाँट भइसकेको छैन : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको बाँडफाँट भइनसकेको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले मन्त्रालयको बाँडफाँट भइनसकेको बताएका छन् । उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच कुनै पनि मन्त्रालयको भागबण्डा भइनसकेको स्पष्ट पारे । को–को सरकारमा सहभागी हुने सोही अनुसार मन्त्रालयको भागबण्डा टुंग्याउने उनको भनाइ छ । उनले कांग्रेस र...

बागलुङका दुग्ध किसानले पाए १६ लाख अनुदान

बागलुङका दुग्ध किसानले पाए १६ लाख अनुदान
बागलुङका दुग्ध किसानले यस वर्ष दूधमा पाइने अनुदानमार्फत रु १६ लाख ४२ हजार रकम भित्र्याएका छन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले लिएको योजनामध्ये दूधमा अनुदान कार्यक्रम फलदायी भएको देखिएको छ । केन्द्रले घाँस र मासुमा दिइने अनुदान आगामी आर्थिक वर्षदेखि कटौती गरेको जनाएको छ । घाँस र मासुमा दिने अनुदान प्रभावकारी नभएको देखिएपछि बन्द गर्न लागिएको केन्द्रका प्रमुख डा ऋषिराम सा...

रूसी सेनामा नेपालीलाई भर्ना बन्द , चार महिनामा डेढ सय नेपाली फर्किए घर

रूसी सेनामा नेपालीलाई भर्ना बन्द , चार महिनामा डेढ सय नेपाली फर्किए घर
जेठ दोस्रो हप्तायता झण्डै डेढ सय नेपालीहरु रुसी सेनाबाट स्वदेश फिर्ता भएको सरकारी अधिकारीहरुले बताएका छन्।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मस्कोस्थित नेपाली राजदूतावासको माध्यमबाट स्वदेश फर्कने नेपालीहरुको संख्या १ सय ३८ पुगेको छ। दूतावासको माध्यम प्रयोग नगरी अन्य केही नेपालीहरु पनि रुसी सेनाबाट फिर्ता भइसकेका छन्। मस्कोस्थित नेपाली राजदूतावास स्रोतका अनुसार, स्वदेश फिर्तीका लागि तीनजना न...

यात्रुबहाक बस र दूध ट्याङ्कर ठोक्किँदा १८ जनाको मृत्यु

यात्रुबहाक बस र दूध ट्याङ्कर ठोक्किँदा १८ जनाको मृत्यु
उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा बुधबार यात्रु बहाक डबल डेकर बस दूध ट्याङ्करमा ठोक्किएर दुर्घटना हुँदा १८ जनाको मृत्यु हुनुका साथै  अन्य १९ जना घाइते भएका प्रहरीले जनाएको छ। उत्तर प्रदेशको राजधानी लखनऊबाट करिब ६८ किलोमिटर पश्चिममा उन्नाओ जिल्लाको गाढा गाउँ नजिकैको लखनऊ–आगरा एक्सप्रेस वेमा दुर्घटना भएको हो। प्रहरीका अनुसार बिहारको सीतामढीबाट दिल्ली जाँदै गरेको डबल डेकर बसले ...

अविरल वर्षाले भोजपुरमा सडक भासियो

अविरल वर्षाले भोजपुरमा सडक भासियो
अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका–३ मेस्पाङामा सडक भासिएको छ। भोजपुर–चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो।   कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताइन्। उक्त स्थानमा आज बिहान सडक भासिएको हो। 'वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ'...

बाढीपहिरोमा परेर देशभर ८३ जनाको मृत्यु, १०६ घाइते

बाढीपहिरोमा परेर देशभर ८३ जनाको मृत्यु, १०६ घाइते
अविरल वर्षाका कारण आएको बाढीपहिरोलगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत २८ जेठदेखि बुधबार बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत २८ जेठदेखि बुधबार बिहानसम्म बाढीपहिरोमा प...

विराटनगर युवक हत्या प्रकरण : केटी जिस्क्याएको निहुँमा निम्तिएको घटना

विराटनगर युवक हत्या प्रकरण : केटी जिस्क्याएको निहुँमा निम्तिएको घटना
विराटनगर महानगरपालिका २ स्थित नेपाल टेलिकमनजिक धारिलो हतियार प्रहार गरेर सोमबार राति मोरङको कटहरी गाउँपालिका १ जमटोकीका २१ वर्षीय करण कामतको हत्या भयो । घटनामा दुईजना घाइते भएका छन् । हत्याको कारण भने केटी जिस्क्याएको निहुँमा भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हत्यामा संलग्न ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा विराटनगरका सोनु गिरी, ताप्लेजुङका दावा शेर्पा, ...

मोरङमा बालकले चलाएको मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु

मोरङमा बालकले चलाएको मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु
मोरङको सुनवर्षीमा दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार १५ वर्षीय बालकले चलाएको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार को १ प ६३४८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सुनवर्षी नगरपालिका ६ का ५० वर्षीय सुरेन दासको मृत्यु भएको हो । पैदल हिँडिरहेका दासलाई मोटरसाइकलले झपडतल–खिर्किडाँगी भित्री सडक खण्डमा मंगलबार राति ८ बजेतिर ठक्कर दिएक...

पहिरोमा परी त्रियुगामा एक जनाको मृत्यु, दुई घाइते

पहिरोमा परी त्रियुगामा एक जनाको मृत्यु, दुई घाइते
गएरातिदेखिको निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी एकजनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आठ वर्षका रुपकला मगरको मृत्यु भएको तथा ४० वर्षीया हिरामाया मगर र निजका सात वर्षीय छोरा योगेश मगर घाइते भएका हुन् ।  गम्भीर भएका उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । तोरीबारीमा पहिरोले चार घर पुरेको छभने अन्य पाँच घर उच्च ...

पूर्वतयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयलाई चिकित्सक संघको आग्रह

पूर्वतयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयलाई चिकित्सक संघको आग्रह
नेपाल चिकित्सक संघले विपद्का घटना बढ्दै गएकाले बन्दोबस्तीका सामग्रीसहित तयार रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आग्रह गरेको छ । संघले विज्ञप्ति जारी गर्दै बाढीपहिरोका क्रममा सङ्क्रामक रोग फैलनसक्ने जोखिमलाई लिएर यस्तो आग्रह गरेको हो । ‘पूर्वतयारीका लागि आवश्यक औषधि, जनशक्ति, उपचार सामग्रीलगायत बन्दोबस्तीका सामग्रीसहित तयार रहन मन्त्रालय र सम्पूर्ण निकायलाई संघ आग्रह गर्दछ,’ विज्ञप्...