बारबर्दिया नगरअस्पतालमा निःशुल्क सर्पदंश उपचार सेवा सुरू

बारबर्दिया नगरअस्पतालमा निःशुल्क सर्पदंश उपचार सेवा सुरू
बर्दियाको बारबर्दिया नगरपालिकाको नगर अस्पतालमा निःशुल्क सर्पदंश उपचार सेवा सुरू भएको छ । सबै मापदण्ड पूरा गरी अनुमति पाएसँगै उपचार सेवा सुरु गरिएको हो । नगर स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले अस्पतालमा व्यवस्थापनका सबै तयारी पूरा भएपछि सेवा सुरु गरिएको जानकारी दिए । २४ सैँ घण्टा निःशुल्क सेवा दिँदै आएको यस अस्पतालमा सर्पदंश उपचार सेवा नहुँदा स्थानीयलाई नेपालगञ्ज पुग्नुपर्ने बाध्यता थियो । यस...

युवाहरुलाई स्वदेशमै रोजगार दिने तयारीमा छौं : मन्त्री अर्याल

युवाहरुलाई स्वदेशमै रोजगार दिने तयारीमा छौं : मन्त्री अर्याल
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर प्रदान गर्नेगरि काम गरिरहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले वैदेशिक रोजगारीका लागि पलायन हुने जनशक्तिलाई देशमै राख्ने प्रयासमा लागेको भन्दै जानै पर्ने बाध्यता भएसम्म सुरक्षित रोजगारीका लागि अभिमुखिकरण तालिमको प्रबन्ध गरिएको बताएका हुन् । उनले भने, ‘वैदेशिक रोजगारीका...

राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन : नेता कोइराला

राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन : नेता कोइराला
 नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले राजनीतिक स्थायित्वका लागि संसद्मा प्रतिनिधित्व गरेका दुई ठूला दल मिलेका बताएका छन् ।  आज पत्रकारसँग कुरा गर्दै उनले देशमा राजनीतिक स्थायित्वका लागि दुई ठूला दल मिलेर सरकार बनाउने बताए। उनले भने, ‘दुई ठूला दल मिल्नु राम्रो कुरा भए पनि लोकतन्त्रमा प्रतिपक्ष पनि त्यतिकै बलियो हुन आवश्यक छ ।’ सङ्घीयता कार्यान्वयनमा गइसकेको भए पनि सर्वसाधारणलाई यसबारे ब...

अवैध लागूऔषध सहित दुई जना पक्राउ

अवैध लागूऔषध सहित दुई जना पक्राउ
झापाको बिर्तामोड नगरपालिका-४ पश्चिम स्टेन स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ७० मिलिग्राम सहित दमक नगरपालिका-४ बस्ने २३ वर्षीय एलिन दर्नाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवनको खैरहनी नगरपालिका-२ चैनपुर स्थित सडकबाट अवैध लागूऔषध गाँजा १ किलो ३ सय १४ ग्राम सह...

निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गरिदिनुस् :सुमना श्रेष्ठको

निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गरिदिनुस् :सुमना श्रेष्ठको
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले शिक्षाका ऐन, नियम र निर्देशिकाको पालनाका लागि अनिवार्य दायित्वका रुपमा बजेट विनियोजन हुन आवश्यक रहेको औँल्याएकी हुन् । शिक्षाका लागि अतिरिक्त बजेट क...

२५ दिनमै विपद्जन्य घटनाबाट ४७ जनाको मृत्यु

२५ दिनमै विपद्जन्य घटनाबाट ४७ जनाको मृत्यु
मनसुन भित्रिएसँगै विपद्जन्य घटनाबाट हालसम्म ४७ जनाको ज्यान गएको सरकारले बताएको छ । शुक्रवारको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले यस्तो बताएका हुन् । मन्त्री अर्यालले नयाँ वर्षदेखि यता हालसम्म ५५ वटा बाढीको घटनाबाट ४ जनाको मृत्यु, १ जना बे...

कोशीसहित पाँचवटा प्रदेशमा भारी वर्षाको संभावना- सतर्कता अपनाउन अनुरोध

कोशीसहित पाँचवटा प्रदेशमा भारी वर्षाको संभावना- सतर्कता अपनाउन अनुरोध
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेको बताएको छ । शुक्रबार दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली हुने विभागले जनाएको छ। विभागका अनुसार  सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी,लुम्बिनी र सुदूरपश्चिम  प्रदेश...

अज्ञात व्यक्तिको कुटपिटबाट पाँचथरमा एक जनाको मृत्यु, तीन घाइते

अज्ञात व्यक्तिको कुटपिटबाट पाँचथरमा एक जनाको मृत्यु, तीन घाइते
अज्ञात व्यक्तिहरूको कुटपिटबाट पाँचथरमा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । फिदिम नगरपालिका–१४ आहालका ३७ वर्षीय दिनेशकुमार राईको कुटपिटबाट मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ गए राति गाउँकै धनकुमार राईको घरमा राखिएको चिन्ता (धामी-झाँक्री)हेर्न गएका  दिनेशसहित पर्शु राई, ध्रुव राई र पुस्कर विकमाथि १५–२० जनाको समूहमा आएका व्यक्तिले कुटपिट गरेका थिए । घाइते ...

खुकुरी प्रहार गरी छोराले गरे आमाको हत्या

खुकुरी प्रहार गरी छोराले गरे आमाको हत्या
तेह्रथुमको लालीगुराँस नगरपालिका ८ सोल्मामा बिहीबार आफ्नै छोराले आमाको हत्या गरेका छन् । बिहीबार अपराह्न ४ बजे स्थानीय २३ वर्षीय दीपक नेपालीले आफ्नै आमा ४३ वर्षीया तीलमाया नेपालीको धारिलो हतियार खुकुरी प्रयोग गरी घाँटी रेटेर हत्या गरेका हुन् । घरायसी विवाद हुँदा उनले तीलमायालाई खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए । खुकुरी प्रहा...

विराटनगर महानगरद्वारा अनुदानमा कृषि औजार वितरण

विराटनगर महानगरद्वारा अनुदानमा कृषि औजार वितरण
 विराटनगर महानगरपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषिलाई आधुनिकीकरण र यान्त्रीकरण गर्ने उद्देश्यले कृषि औजार वितरण गरिएको महानगरले जनाएको छ । बिहीबार महानगर परिसरमा आयोजित कार्यक्रममा महानगरका विभिन्न वडाका कृषक समूह, कृषि सहकारी र कृषि फर्मलाई १९ लाख १० हजार ६ सय रुपैयाँ बराबरको कृषि औजार वितरण गरेको हो । कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला ...