ताप्लेजुङमा वडाध्यक्षमाथि साङ्घातिक आक्रमण
ताप्लेजुङ : जिल्लामा राजनीतिक गतिविधिपछि घर फर्कँदै गरेका एमाले नेता तथा आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङमाथि शनिबार साझ साङ्घातिक आक्रमण भएको छ।
जिल्ला कमिटीको बैठक सकेर तोक्मेडाँडा क्षेत्रमा फर्कँदै गर्दा पाँचदेखि सात जनाको समूहले वडाध्यक्ष सेन्दाङलाई निर्मम कुटपिट गरेको एमाले ताप्लेजुङले जनाएको छ।आक्रमणबाट टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका सेन्दा...











