मुखमा राखेर ब्राउन सुगर ओसारपसार, दुई जना पक्राउ
झापा । झापाको भद्रपुर नगरपालिका–५ बसपार्कबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित दुई जना पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले बुधबार दिउँसो बिर्तामोड नगरपालिका–२ फूलबारी टोलका २१ वर्षीय प्रकाश तामाङ र बिर्तामोड–४ बिर्ता बजारका १९ वर्षीय मौसम तामाङलाई पक्राउ गरेको हो । दुवै जनालाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा प्लाष्टिकको पोका पारी मौसम तामाङले मुखभित्र लुकाइछिपाइ ल...











