लिबियामा डुङ्गा दुर्घटना, १७ जनाको मृत्यु, सात जनाको उद्धार
लिबिया । लिबियाको पूर्वी तटमा अनियमित आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा सात जनाको सकुशल उद्धार गरिनुका साथै १७ जनाको शवको बरामद गरिएको लिबियन आपतकालिन सहयता सङ्गठन रेड क्रिसेन्टले जनाएको छ ।
सङ्गठनले जारी गरेको विज्ञप्तिमा टोब्रुक सहरको नौसेना आधारबाट गस्ती गरेको जहाजले खोजी तथा उद्धारका लागि अपरेसन सुरु गरेको बताएको छ । दुर्घटनाका कारण जहाजमा रहेका व्यक्तिहरू आठ दिन सम्म कठनि अवस्थामा सम...










