बुबालाई मतदान केन्द्र लैजाँदै गर्दा भएको दुर्घटनामा छोराको मृत्यु
ओखलढुंगा। ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानीस्थित आइतबारेमा भएको मोटरसाइकल दुर्घटनामा १ जनाको ज्यान गएको छ। अन्य २ जना घाइते भएका छन्।
वडाध्यक्ष हेमराज राईका अनुसार मतदान केन्द्रतर्फ पैदल जाँदै गर्दा लडेर घाइते भएका जोरधन राईलाई उपचारपछि पुनः मतदानका लागि महादेवस्थान माध्यमिक विद्यालय लैजाने क्रममा मोटरसाइकल दुर्घटनामा परेको हो।
दुर्घटनामा जोरधनका छोरा धनराज राईको घटनास्थलमै मृत्यु ...











