नेपालका २२ जिल्लामा पुग्यो कोरोना संक्रमण, कुन जिल्लामा कति ?
विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि ह्वात्तै बढेको छ। हिजो (मंगलबार) एकै दिन ८३ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ ।
नेपालका २२ जिल्लामा पुगेको कोरोना संक्रमणबा संक्रमितमध्ये यो समाचार तयार पार्दासम्म ३३ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
जिल्लागत रुपमा हेर्दा नेपालमा सबैभन्दा बढी संक्रमित पर्सा जिल्लामा देखिएका छन्।
...









