धरान ४ र १४ वडा जोड्ने झोलुङ्गे पुलको पूर्वी भाग भत्कियो

धरान ४ र १४ वडा जोड्ने झोलुङ्गे पुलको पूर्वी भाग भत्कियो
सुनसरी- अविरल वर्षासँगै सेउती खोलामा आएको बाढीका कारण धरान उपमहानगरपालिका-१४ को यायोखा टोल र धरान उपमहानगरपालिका-४ को किरात बस्तीलाई जोड्ने झोलुङ्गे पुलको पूर्वी भाग क्षतिग्रस्त भएको छ। विसं २०५७/५८ मा रु ५० लाख लागतमा निर्माण गरिएको उक्त पुल धरान बजारसँगको दैनिक आवागमनका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ। गत साउन २८, २९ र ३० गतेको निरन्तर वर्षापछि खोलामा आएको बाढीले पुलको पूर्वी संरचनामा क्षति प...

इटहरीमा सौन्दर्यकर्मी युनियनको तीज विशेष : मौलिकता हराउँदै गएको चिन्ता

इटहरीमा सौन्दर्यकर्मी युनियनको तीज विशेष : मौलिकता हराउँदै गएको चिन्ता
इटहरी : महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा नेपाल सौन्दर्यकर्मी युनियन नेपाल, इटहरी नगर समितिले इटहरीमा तीज विशेष शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा भएको कार्यक्रममा युनियनकी नगर अध्यक्ष पूजा भट्टराईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा युनियनकी कोशी प्रदेश सदस्य एवम् इटहरी नगर समितिकी संस्थापक अध्यक्ष सृजना बस्नेतल...

झापामा हेलमेटभित्र लुकाएर ल्याउँदै गरेको ब्राउन सुगरसहित युवक पक्राउ

झापामा हेलमेटभित्र लुकाएर ल्याउँदै गरेको ब्राउन सुगरसहित युवक पक्राउ
झापा : जिल्ला झापाको गौरिगञ्ज गाउँपालिका-१ स्थित नेपाल–भारत सिमाना नजिक प्रहरीले लागु औषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय झापा र सशस्त्र प्रहरी बल बिओपी कुञ्जिबारीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे ५ प ८००३ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा चालक, झापा कमल गाउँपालिका-५ बस्ने ३१ वर्षीय धनेस सहनीले हेलमेटभित्र प्लास्टिकको पोकामा लुकाएर ...

लिपुलेकमा नेपालको दाबी स्वीकार्य हुँदैन : भारत

लिपुलेकमा नेपालको दाबी स्वीकार्य हुँदैन : भारत
काठमाडौं, भारतले लिपुलेक व्यापार मार्गबारे भारतको अडान दीर्घकालीन रहेको बताएको बताएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बुधबार एक विज्ञप्ति जारी गर्दै त्रिदेशीय नाका लिपुलेकमाथि नेपालले गरेको दाबीलाई अस्वीकार गरेका हुन्। विज्ञप्तिमा भनिएको छ,‘लिपुलेक हुँदै भारत-चीनबीचको व्यापार १९५४ मै सुरु भएको हो। दशकौँदेखि निरन्तर चलिरहेको छ। यस किसिमका दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैनन्। एकत...

परराष्ट्र मन्त्रालयले भन्यो- लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग

परराष्ट्र मन्त्रालयले भन्यो- लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग
काठमाडौं, परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको बताएको छ। विज्ञप्ति जारी गर्दै मन्त्रालयले नेपालको संविधानमा समावेश आधिकारिक नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको उल्लेख गर्दै सरकार यस विषयमा अडिग रहेको बताएको हो। नेपालले भारत सरकारलाई सो क्षेत्रमा सडक विस्तार, सीमा व्यापारलगायत कुनै गतिविधि नगर्न बार...

लिपुलेक सम्झौता नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठुलो चुनौती: डा. भट्टराईले

लिपुलेक सम्झौता नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठुलो चुनौती: डा. भट्टराईले
काठमाडौँ ,पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालसंग कुनै परामर्श नगरी लिपुलेक नाका भएर भारत र चीनले पुनः व्यापार गर्ने सहमति गर्नु नेपाली राष्ट्रिय हितका निम्ति गम्भीर चिन्ता र चासोको विषय भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले नेपालले दाबी गर्दै आएको, भारतले समेत विवादित मानेको र चीनले नेपालसँग परामर्श गरेर मात्र निर्णय गर्ने भनेको क्षेत्रमा दुई छिमेकीले एकतर्फी सम्झ...

कारागार घटनाको अध्ययन प्रतिवेदनः आन्तरिक मतभेदका कारण झडप

कारागार घटनाको अध्ययन प्रतिवेदनः आन्तरिक मतभेदका कारण झडप
सुदूरपश्चिम, कैलाली कारागारमा भएको झडप घटना छानबिन गर्न गठित समितिले कारागारको आन्तरिक प्रशासनका बीच मतभेद सिर्जना भई झडप भएको प्रतिवेदन तयार पारेको छ। उक्त घटनाको छानबिन गर्न गठित समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले कारागारको आन्तरिक प्रशासनमा मतभेद सिर्जना भई घटना भएको देखिएको बताए। उनले भने, “घटनास्थलको अध्ययन गरी घाइते कैदीबन्दी, कारागारको वस्तुस्थिति, सुरक्षाका लागि खटिएका...

प्रधानमन्त्री ओलीलाई मन्त्री यादवले चक्मा दिँदा सोमबार मन्त्री फेर्ने योजना असफल

प्रधानमन्त्री ओलीलाई मन्त्री यादवले चक्मा दिँदा सोमबार मन्त्री फेर्ने योजना असफल
काठमाडौं, सरकार गठन भएको एक वर्ष पूरा भएदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्न खाजेका थिए। आफ्नोतर्फबाट सरकारमा सहभागी भएका, नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीसहित अन्य दलका मन्त्रीसमेत परिवर्तन गरेर नयाँ टीम बनाउने प्रधानमन्त्रीको चाहना सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सकारात्मक नहुँदा पूरा हुन सकेको छैन। कांग्रेस सभापति देउवा आफ्ना मन्त...

सहायक हवल्दार ३० लाख लिएर फरार, असइलाई डेढ करोडको आरोप

सहायक हवल्दार ३० लाख लिएर फरार, असइलाई डेढ करोडको आरोप
काठमाडौं, नेपाल प्रहरीका एक सहायक हवाल्दारले प्रहरी सहायक निरीक्षक (असई) लाई अनलाइन जुवा (बेटिङ) खेलका लागि ३० लाख डुबाएका छन्। नेपाल प्रहरीकै पूर्व डिएसपीको रकम समेत लगानी रहेको अनलाइन जुवा (बेटिङ)मा सहायक हवल्दारकै रकम ३० लाख डुब्नुले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका कर्मचारी समेत आश्चर्यमा परेका छन्। नेपाल प्रहरीकै एक असई विनोद पौडेलले सहायक हवल्दार मनिराज उप्रेतीको ३० लाख रुपैयाँ लि...

स्वास्थ्य सेवालाई परिणाममुखी बनाउन मन्त्री र सचिवहरूबिच कार्यसम्पादन सम्झौता

स्वास्थ्य सेवालाई परिणाममुखी बनाउन मन्त्री र सचिवहरूबिच कार्यसम्पादन सम्झौता
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउने लक्ष्यसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र मन्त्रालयका सचिवहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ। बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य सचिव डा. विकास देवकोटा र प्रशासन सचिव डिल्लीराम शर्मासँग एक वर्षे कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका ह...