बिर्तामोड बसपार्कका होटलबाट १६ जना पक्राउ
झापा- बिर्तामोड बसपार्कका होटलहरुमा यौनधन्दा र लागूऔषध कारोबार बढ्दै गएको जनगुनासो आइरहेको अवस्थामा झापा प्रहरी ‘एक्सन’ मा उत्रिएको छ । यौनधन्दा र लागूऔषध कारोबार हुने ती होटलको पहिचान गरी प्रहरीले ‘सर्च अप्रेशन’ गरी निगरानी समेत बढाएको छ ।
त्यस क्रममा गए राति ९ः४५ बजे अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित राईमान होटल एन्ड लजबाट शंकास्पद अवस्थामा भेटिएका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल...











