कुलमान घिसिङको प्रतिबध्दता ! तीन बर्षभित्र नेपालमा बिजुली नभएको घर नै हुँदैन
सरकारको मार्गनिर्देशन अनुसार नेपाल विद्युत् प्राधिकरणले आगामी तीन वर्षभित्र प्रत्येक घरधुरीमा बिद्युतको पहुँच पुर्याउने महत्त्वाकांक्षी योजना अघि सारेको छ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सन् २०२२ भित्र मुलुकभरका प्रत्येक घरधुरीमा बिजुली पुर्याउने उदघोष गरेका छन् । उनले भने, ‘हामीले सन् २०२२ सम्म सम्पर्ण नेपाली जनताको घरदैलोमा विद्युत् सेवा पुयाउने योजनासहित काम गरिरहेक...











