लेटाङमा हराएका ३० बाख्रामध्ये १० मृत फेला, २० बिरामी अवस्थामा उद्धार
लेटाङ । मोरङको लेटाङ नगरपालिका–५ स्थित मोरङे खोला डिल क्षेत्रमा हराएका ३० वटा बाख्रामध्ये १० वटा मृत अवस्थामा फेला परेका छन् भने २० वटा केही बिरामी अवस्थामा भेटिएको स्थानीयले बताएका छन्। आज बिहान उक्त क्षेत्रमा बाख्राहरू फेला परेको हो।
खेरुवा ५ आर्मी क्याम्प नजिकैबाट वैशाख १४ गते चरनका लागि जंगलतर्फ लगिएका बाख्रा साँझसम्म घर नफर्किएपछि खोजी कार्य सुरु गरिएको थियो। लामो समयसम्म सम्पर्कविहीन बनेपछि...










