गाडीको ठक्करबाट ६ जना श्रद्धालुको घटनास्थलमै मृत्यु

गाडीको ठक्करबाट ६ जना श्रद्धालुको घटनास्थलमै मृत्यु
पश्चिम बंगालको दार्जिलिङ जिल्लाको बागडोगरामा स्कोरपियो गाडीको ठक्करबाट ६ जना श्रद्धालुको घटनास्थलमै मृत्यु भएको छ। साउन अन्तिम सोमबार बागडोगरास्थित जंगलीबाबा मन्दिरमा जल चढाउन पैदल गइरहेका श्रद्धालुमाथि एसके ०८ पी ०७३७ नम्बरको स्कोरपियो गाडीले ठक्कर दिएको थियो। अनियन्त्रित गाडीको ठक्करबाट १० जना श्रद्धालुमध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ। मृत्यु हुनेहरूमा गोविन्द ...

केरलामा पहिरो अपडेट : मृत्तकको संख्या १३० पुग्यो, कम्तीमा २२० जना बेपत्ता

केरलामा पहिरो अपडेट : मृत्तकको संख्या १३० पुग्यो, कम्तीमा २२० जना बेपत्ता
नयाँदिल्ली । भारतको वायनाडमा पहिरोमा परी अहिलेसम्म १३० जनाको मृत्यु भएको छ भने अझै २२० जना सम्पर्कविहीन रहेका भारतीय सञ्चारमाध्यममा बताइएको छ । केरलाको वायनाडमा भारी वर्षाका कारण सोमबार राति ४ बस्तीमा पहिरो खसेको थियो । बिहान २ बजेदेखि ६ बजेसम्मको पहिरोको चपेटामा चार गाउँ परेका हुन् । मुण्डक्काई, चुरामाला, अट्टामाला र नूलपुजामा पनि घर, पुल...

भारी वर्षापछि भियतनामको कोइला खानीमा पहिरो, ५ जनाको मृत्यु

भारी वर्षापछि भियतनामको कोइला खानीमा पहिरो, ५ जनाको मृत्यु
भारी वर्षाका कारण भियतनामको हा लङ बे नजिकै कोइला खानीमा पहिरो खस्दा पाँच जनाको मृत्यु भएको राज्य सञ्चालित सञ्चारमाध्यमले मङ्गलबार जनाएको छ। भियतनामको राज्यसञ्चालित होन गाई कोइला कम्पनीको खानीमा सोमबार दुर्घटना भएको समाचार माध्यम भिएनएक्सप्रेसले जनाएको छ । उद्धार टोलीले मङ्गलबार बिहान २३  देखि ४७  वर्ष उमेरका खानी मजदुरहरूको शव उद्धार गरेको हो । विपद् अधिकारीहरूले दुर्घटनाको समयमा उत्तरी क्वा...

बंगलादेशबाट १७ बिद्यार्थी काठमाडौँ ल्याइदै

बंगलादेशबाट १७ बिद्यार्थी काठमाडौँ ल्याइदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाडौँ ल्याइने बताएका छन् । प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको जानकारी गराएका हुन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका छन्- 'बङ्गलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खा...

अमेरिकामा चारजना मानिसमा बर्डफ्लुको सङ्क्रमण पुष्टि

अमेरिकामा चारजना मानिसमा बर्डफ्लुको सङ्क्रमण पुष्टि
कोलोराडो राज्यमा चारजनामा एभियन इन्फ्लुएन्जा बर्ड फ्लू सङ्क्रमण फेला परेको रोग नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्र (सीडीसी) ले पुष्टि गरेको छ। सङ्क्रमित चारै जना एक व्यावसायिक कुखुरा फार्ममा काम गर्ने मजदुरहरू रहेको पनि सीडीसीले जनाएको छ। यी कामदारहरू सङ्क्रमित कुखुराको सम्पर्कमा आएपछि लक्षणहरू रिपोर्ट गरिएको थियो। यसमा आँखाबाट आँसु आउने, ज्वरो, चिसो, खोकी, घाँटी दुख्ने र रुघा लाग्ने ल...

रूसी सेनामा नेपालीलाई भर्ना बन्द , चार महिनामा डेढ सय नेपाली फर्किए घर

रूसी सेनामा नेपालीलाई भर्ना बन्द , चार महिनामा डेढ सय नेपाली फर्किए घर
जेठ दोस्रो हप्तायता झण्डै डेढ सय नेपालीहरु रुसी सेनाबाट स्वदेश फिर्ता भएको सरकारी अधिकारीहरुले बताएका छन्।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मस्कोस्थित नेपाली राजदूतावासको माध्यमबाट स्वदेश फर्कने नेपालीहरुको संख्या १ सय ३८ पुगेको छ। दूतावासको माध्यम प्रयोग नगरी अन्य केही नेपालीहरु पनि रुसी सेनाबाट फिर्ता भइसकेका छन्। मस्कोस्थित नेपाली राजदूतावास स्रोतका अनुसार, स्वदेश फिर्तीका लागि तीनजना न...

यात्रुबहाक बस र दूध ट्याङ्कर ठोक्किँदा १८ जनाको मृत्यु

यात्रुबहाक बस र दूध ट्याङ्कर ठोक्किँदा १८ जनाको मृत्यु
उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा बुधबार यात्रु बहाक डबल डेकर बस दूध ट्याङ्करमा ठोक्किएर दुर्घटना हुँदा १८ जनाको मृत्यु हुनुका साथै  अन्य १९ जना घाइते भएका प्रहरीले जनाएको छ। उत्तर प्रदेशको राजधानी लखनऊबाट करिब ६८ किलोमिटर पश्चिममा उन्नाओ जिल्लाको गाढा गाउँ नजिकैको लखनऊ–आगरा एक्सप्रेस वेमा दुर्घटना भएको हो। प्रहरीका अनुसार बिहारको सीतामढीबाट दिल्ली जाँदै गरेको डबल डेकर बसले ...

धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२२ पुग्यो

धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२२ पुग्यो
 उत्तरी भारतमा आयोजित हिन्दु धार्मिक सभामा मङ्गलबार भएको घातक भागदौडका कारण मृत्यु हुनेको संख्या १२२ पुगेको छ। प्रहरी प्रतिवेदन अनुसार भारतको उत्तर प्रदेश राज्यमा भएको सभामा दुई लाख ५० हजारभन्दा बढी धर्मावलम्बीहरूले भाग लिएका थिए। भीड सभामा समय एक्कासी भागदौड मच्चिँदा ठूलो सङ्ख्यामा हताहत भएको हो। घटनाको केही समयपश्चात बुधबार बिहान फ्याँकिएका कपडा र हराएका ज...

गर्मीले भारतमा ३२० को मृत्यु

गर्मीले भारतमा ३२० को मृत्यु
नयाँ दिल्ली (एजेन्सी) : तापक्रम बढेसँगै गर्मी र तातो लहरले भारतमा ३ सय जनाभन्दा बढीको मृत्यु भएको छ। एजेन्सीका अनुसार पछिल्लो ४ दिनमा ३ सय २० भन्दा बढीको मृत्यु भएको हो। बिहीबारदेखि शनिबारसम्म उत्तर प्रदेशमा मात्र सबैभन्दा बढी १ सय जनाको ज्यान गएको हो। बुधबारदेखि शनिबारसम्ममा राजस्थानमा चलेको तातो लहरका कारण ६० जनाको ज्यान गएको छ। यसैगरी झारखण्डमा ३७, ओडिसामा १८, मध्येप्रदेशमा २ र दिल्लीमा एक ज...

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीसहित ९ जनाको मृत्यु

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीसहित ९ जनाको मृत्यु
हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । आइतबार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् ।