ईलाका प्रहरी कार्यालय इटहरीले सर्वसाधारणलाई अतिआवश्यक सामाग्री घर–घरमा पुर्याउने तयारी गर्दै आइरहेको छ ।

सर्वसाधारणलाई अत्यावश्यक खाद्यसामाग्री दाल , चामल, तरकारी लगायतका सामाग्री घरमै पुराईदिने ब्यवस्था गर्ने तयारी इलाका प्रहरी इटहरीले थालनी गरेको हो ।

इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायव उपरीक्षक डीएसपी धर्मराज भण्डारीले इटहरीको गोर्खा डिपार्टमेन्ट स्टोरको समन्वयमा प्रहरीले सर्वसाधरणहरुको घर घरमा सामाग्री पुराउने तयारी गरेको जानकारी दिए ।

उनले अत्यावश्यक परेका सामान चाहिएमा आँफूहरुलाई खबर गर्न र घरभित्रै बस्नका लागि अपिल समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया