ताप्लेजुङ / ताप्लेजुङको सिरिजंगा गाउँपालिका-४ की ४७ बर्षीया सीता भट्टराईको खोलाले बगाएर मृत्यु भएको छ ।

शनिवार दिउँसो साँढे ४ बजे छिमेकीको घरमा घिऊ पुर्‍याउन गएकी भट्टराई बेलुका सम्मपनी घर फर्केर नआएपछी अाफन्तले उनकाे खाेजी कार्य सुरू गरेका थए ।

खोजतलास गर्ने क्रममा बाटोमा रहेको नागदेवा खोलाको किनारामा बाटोभन्दा करिव २०० मिटर तल मृत अबस्थामा उनकाे फेला परेकाे थियाे । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

तपाईको प्रतिक्रिया