काठमाडौं । विगत १४ दिनदेखि जारी लकडाउन थप एक साता लम्बिने भएको छ । केहीबेरेअघि बसेको मन्त्रिपरिषद् बैठकले जारी लकडाउनको अवधि बैशाख ३ सम्म थप्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले रोना भाइरसको संक्रमणका कारण जारी रहेको लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कम्तीमा एक साता लकडाउन लम्ब्याउने सिफासिरस गरेको थियो । सरकारले पहिलोपल्ट चैत्र ११ गतेदेखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो । १७ गते बसेको उच्चस्तरीय समितिको बैठकले २५ गतेसम्म कायम राख्न प्रस्ताव गरे बमोजिम मन्त्रिपरिषद्ले थप एकसाता लम्ब्याएको थियो ।

गत बिहीबार बसेको समितिको बैठकले पारिवारिकरूपमा खेतीबालीको काम गर्न दिने, राष्ट्रिय गौरवका आयोजनाभित्र काम गर्न दिने गरी केही खुकुलो पार्ने निर्णय गरेको थियो । तर, सुदूरपश्चिम प्रदेशमा एकसाथ तीन जनामा संक्रमण देखिएपछि सरकारले थप कडाइका साथ वैशाख ३ गतेसम्म लम्ब्याउने निर्णय गरेको बताइएको छ ।सरकारले अप्रिल १५ सम्म अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय यसअघि नै गरिसकेकाले सोही अवधीसम्म लकडाउन कायम राख्ने सरकारले निर्णय गरेको हो ।

र याे पनि दुबईमा थप ३ नेपाली कोरोनाबाट संक्रमित ! संक्रमितको संख्या ११ पुग्यो

काठमाडौँ । खाडी मुलुक यूएईमा थप ३ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । योसँगै यूएईमा कोरोना संक्रमित नेपालीहरुको स‌ख्या ११ पुगेको छ । तीमध्ये २ जना भने उपचारपछि यसअघि नै निको भैसकेका छन् ।

यूएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले थप ३ जनामा कोरोनाको संक्रमण देखिएको बताए । ‘ हामीलाई थप ३ जना नेपालीमा कोरोनाको पुष्टि भएको भन्ने जानकारी आएको छ,’ उनले भने ‘संक्रमित ९ जना नेपालीको हाल अस्पालमा उपचार भैरहेको छ । हामीलाई जानकारी गराइए अनुसार उहाँहरु सबैको अवस्था नर्मल (सामान्य) छ ।’

राजदूत ढकाले संक्रमित नेपालीको अवस्थामा बारेमा बुझ्न यूएई सरकारसँग दूतावास निरन्तर सम्पर्कमा रहेको पनि बताए । उनका अनुसार कोरोना संक्रमित नेपालीहरुको उपचार यूएई सरकारले नै नि:शुल्क रुपमा गरिरहेको छ ।

यूएईमा हालसम्म १ हजार ७ सय ९९ जनामा कोरोनाको संक्रमण देखिएको छ । संक्रमितमध्ये १० जनाको ज्यान गएको छ । त्यस्तै १ सय ४४ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् भने १ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि गएको शनिबार रातिदेखि यूएईको दुबई लकडाउन गरिएको छ ।

तपाईको प्रतिक्रिया