इटहरी, सुनसरी जिल्लाकाे वराहक्षेत्र नगरपालिका हुदै लगेका ८ वटा गाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा वुझाईएकाे छ । आईतवार मध्यान्हकाे समयमा वराहक्षेत्र नगरपालिकाका विभिन्न स्थानमा खरिद गरि रक्ताम्य अवस्थामा म्याजीक पीकअप भेनमा इनरुवा तर्फ लैजादै गरेका ती गाई, काेरलाहरुलाई सन्त श्रीनिवासाचार्य काे पहलमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा लगिएको हाे ।

सप्तकोशी अनलाइनसंग कुरा गर्दै सन्त श्रीनिवासले ठुलो अन्याय भएको बताउछन । उनले खुलेआम गाई तस्कर गर्दा समेत प्रशासन मौन भएको आरोप लगाए । भजन किर्तन गरेर मात्र अब केही नहुने भन्दै यस्तो तस्करी रोक्न सबै एक हुनुपर्ने उनको भनाई रहेको छ । उनले बरु गाईको रक्षा र सुरक्षा हामी आँफै गर्छौ तर यस्तो आफ्नै आँखा अगाडी गाईको तस्करी गरेको हेर्न नस्क्ने बताउदै गाई तस्करी गर्नेलाई कडा भन्दा कडा कार्वाही गर्नु पर्ने बताए । उनले भने म सन्त हुँ, गाैमाताकाे संरक्षण गर्नु मेराे दायित्व हाे ।

यता प्रहरी कार्यालय महेन्द्रनगरका ईन्चार्ज शरण कुमार दाहालले गाई ओसार पसारमा कानुनि रुपमा वर्जित नगरिएको हुदा किनवेचकै आधारमा दण्डित गर्न नमिल्ने वताए । उनले भने गाई खरिद गर्नेले ५ वटाकाे रसिद काटेर ८ वटा गाई ल्याएको छ, क्षमता भन्दा वढि गाई राखेर ल्याएको हुदा कानुनत ताेकिएकाे दण्ड तिराउने वताए । ट्रफिक जरिवाना तिरेर ८ वटा चाैपाय वाेक्ने क्षेमताकाे गाडीमा लैजाने भए आफुले राेक्न नमिल्ने दाहालले वताए ।यता शिव सेना नेपाल मोरङका अध्यक्ष शतिष पोखरेलले गाई तस्करी गर्ने लाई कडा भन्दा कडा कार्वाही गर्नु पर्छ र समाजबाट बहिस्कार गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया