पछिल्लो समय सोशल मिडियामा मुटु नै चिसो बनाउने भिडियो भाइरल भइरहेको छ। जसमा चलिरहेको कारबाट एक्कासी बच्चा सडकमा झरेको देखिन्छ भने लगत्तै कारको अगाडीबाट बस र पछिबाट जीप अाइरहेको देख्नसकिन्छ ।

तर, लगत्तै कार भित्रका व्यक्तिलाई सो घ’टना थाहा भैहाल्छ र कारबाट झरेर त्यस बच्चाको ज्या’न बचाउँछ। यस भिडियोलाई शेयर गर्दै आईपीएस अधिकारी ‘पंकज नैंन्’ ले सडक सुरक्षाका बारेमा सन्देश दिएका छन्।

पंकजले लेखेका छन्: ‘बच्चाहरुको साथ यात्रा गर्दा बाल सिट निकै महत्त्वपूर्ण हुन्छ। सबै ढोका ठीकसँग बन्द गरीएको जाँच गर्नुहोस् र बालकलाई राखिएको सिटमा सिट बेल्ट लगाएको छ कि छैन पनि ध्यान दिनुहोस् । बच्चाहरुलाई सँधै बालक राख्ने सिटमा नै राख्नुहोस्। सबै बच्चाहरु यस भिडियोमा देखिएको जस्तै भाग्यमानी हुदैन’।

भिडियोमा देख्न सक्नुहुन्छ कि जब मोडमा कारले टर्निंग लिन्छ। अचा’नक कारको ढोका खुल्छ अनि बच्चा चलिरहेको कारबाट नै बाहिर ल’ड्छ। उही समयमा पछाडिबाट कार र अगाडिबाट बस आइरहेको हुन्छ। तर उनीहरुले सडकमा बच्चालाई देखेर सबैले आफ्नो आफ्नो गाडी रोक्छन्।

Pankaj Nain IPS

@ipspankajnain

Child lock and child seats are very important when travelling with childrens. Check all doors are closed properly, and child lock is on. Always make sit children in a child restraint seat. All kids wont be as lucky as this one.

यदि कसैले त्यस बच्चालाई ध्यान नदिएको भए, त्यस बच्चाको ज्या’न पनि जान सक्थ्यो। यो घट’ना भारतको केरलाको हो।

तपाईको प्रतिक्रिया