काठमाडौँ / उपचारका लागि सिंगापुरमा गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केका छन्। स्वास्थ्य जाँचका लागि साउन १८ गते सिंगापुर गएका ओली ९ दिनपछि स्वदेश फर्केका हुन । त्रिभुवन विमानस्थलमा उनलाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, बामदेव गौतमलगायतले स्वागत गरेका थिए ।

यसअघि ओली गत शुक्रबार नै नेपाल फर्किने कार्यक्रम भएपनि पटकपटक सरेको थियो। यसै बिच आफ्नो भ्रमण अनौपचारिक भन्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाको सलामी ग्रहण भने गरेनन् । प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन समेत गर्न मानेनन् । स्वास्थ्यबारे जानकारी दिनुपर्‍यो भनेर पत्रकारहरुले आग्रह गर्दा ओलीले भने, ‘केही दिनमा थाहा पाइहाल्नु हुन्छ ।’

तपाईको प्रतिक्रिया