सोलुखुम्बु / सोलुखुम्बु महाकुलुङ गाउँपालिका-१ बुङ बस्ने २० बर्षीय शुक्र कुमार राई मृत अवस्थामा फेला परेका छन ।

गत २६ गते घर बाट नाम्चेमा ट्रेकिङ काम गर्न जान्छु भनि हिडेकोमा बुङबाट नाम्चे जाने बाटोमा पर्ने जंगलको बिच बाटाेमा मृत फेला परेका हुन् ।

उनलाइ बाटोमा मृत अवस्थामा देखे पछि स्थानीयले साेमबार (हिजो) राती १० बजे प्रहरी चौकी खरीखोलामा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउन साथ कानुनी प्रकृया पुरा गरी थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु ले जनाएकाे छ

तपाईको प्रतिक्रिया