विराटनगर / ड्युटीमा लापरबाही गरेको आरोपमा इलाका प्रहरी कार्यालय रानीमा कार्यरत तीन प्रहरीमाथि कारबाही सुरु गरिएको छ । प्रहरी सहायक निरीक्षक (असई) प्रदीप थापा, हवल्दार धिरेन्द्र मधुवन र जवान सन्तोश तामाङमाथि एकै पटक कारबाहीको प्रक्रिया अघि बढाइएको हो । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीको निर्देशनमा जिल्ला प्रहरी कार्यालयमा तानेर कारबाही अघि बढाउन उनीहरुमाथि आवश्यक अनुसन्धान र छानबिन सुरु गरिएको छ । तीनै जनालाई मंगलबार विराटनगर भन्सार कार्यालयको दुई नम्बर ढाटमा ड्युटीमा खटाइएको थियो ।

ड्युटीमा लापरबाही गरेको पाइएपछि कारबाही अघि बढाउन आवश्यक छानबिन थालिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । उनले तीनै जनासँग विविध विषयमा बुझ्नु पर्ने भन्दै धेरै कुरा खुलाएनन् । गल्ती प्रमाणित भए तीनै जनामाथि कारबाही गरिने खिँउजुको भनाइ छ ।

तपाईको प्रतिक्रिया