बेलबारी / तस्कर र गुण्डा बिरुद्ध आफु आक्रामक रुपमा प्रस्तुत हुने र कुनैपनि हालतमा नछोडने ईन्स्पेक्टर गुणराज बुढाथोकीले बताएका छन ।

ईलाका प्रहरी कार्यलय बेलबारीमा प्रमुख भएर आएको ११ औँ दिनमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी बुधबार बिहान उनले यस्तो प्रतिबद्धता जनाएका हुन । आफु प्रमुख भएर आएको ११ औँ दिन सम्ममा लेटाङ र केराबारीका खोलाहरुमा अबैध तस्करीमा संलग्न आधा दर्जन बढी ब्यत्ति र ट्रयाक्टर नियन्त्रणमा लिएको, केराबारीमा गुण्डागर्दीमा संलग्न ब्यत्ति र अबैध घरेलु मदिरा बेचबिखन र ओसार पसारमा संलग्नलाई पक्राउ गरी सवारी सहित कारबाही गरेको उनले बताए ।

कुनैपनि स्वार्थ समुहको प्रभावमा परेर काम नगर्ने बताउँदै उनले होटल तथा लजहरुमा समेत कडाई गर्ने काम थालिएको बताए । आफ्नो कार्यकालमा सबैलाई समान ब्यबहार गर्ने र कसैको प्रभावमा नपरि काम गर्ने उनले प्रतिबद्धता जनाए । रामकुमार राई ईलाका प्रहरी कार्यलयबाट सरुवा भएर गएपनि बुढाथोकी नयाँ ईन्चार्जका रुपमा बेलबारी आएका हुन ।

तपाईको प्रतिक्रिया