सुन्दरहरैचा, केही समय अघी मोरङको सुन्दरहरैचा नगरपालिका भित्र पर्ने पुर्व पश्चिम लोकमार्ग सडक स्थानिय मिडिया देखी राष्ट्रिय मिडियाको नजरमा र्पयो । स्थानिय क्षेत्रमा रहेर यहाँका बिकास निर्माण देखी यहाँका हरेक समसामयिक बिषयहरु उठान गर्दै आईरहेका दर्जनौ मिडिया हाउसहरुले यस सडकलाई मुख्य समाचार बनाए । मिडियाको उद्देश्य थ्यो जनताले भोग्नु परेको सास्तीमा केही मलम पट्टी लगाउनु र त्यो काम आझ सम्म मिडियाले निरन्तर गरिरहेको छ ।

दर्जनौ मिडियाले उक्त सडकको बिषयमा जनताको आवाज बनेर बोलिरहदा यतिखेर सम्बन्धित निकाय मौन छ । यती मात्रकी सुन्दरहरैचा नगरपालिकाका केही जनप्रतिनिधिले पनि यो विवादमा मलाई नमुछ्नुस् भन्दै पन्छिने गरेका छन ।

सडक डिभिजन कार्यालय मोरङले २ महिना अघी उक्त लोकमार्ग मर्मत सम्भार गर्ने भन्दैे एक कम्पनी ( गीताञ्जली जोशिला जेभी ) निर्माण कम्पनिलाई रु १ करोड ८३ लाखमा ठेक्का लगाएको थियो । निरन्तर समस्यामा परेका जनता माझ यो खुशीको कुरा हो तर उक्त बनेको सडक २ महिना बित्न नपाउदै पुन हिलाम्मे हुँदै धुलाम्मे सडकमा पारीणत हुन पुगेको छ ।

केही समय अघी आएको अविरल वर्षाको कारण उक्त बनेको भर्खरको कालोपत्रेलाई समेत पानीले बगाउदा यती खेर उक्त सडक धुलाम्मे बनेको छ जसका कारण अहिले हजारौ यात्राु देखी स्थानियले सास्ती भोग्नु परेको स्थानियहरु बताउछन् ।
उक्त सडक २ महिना नबित्दै भात्किन थालेपछी स्थानियहरुले अख्तियार सम्म जाने चेतावनी सडक विभागलाई दिईरहेका छन । उनिहरुले सडक कालोपत्रे गर्दा करोडौ भ्रष्टचार भएको भन्दै कालोपत्रे गरिएको सडकमा छनविन गरिनुपर्ने बताएका छन ।

सुन्दरहरैचा नगरपालिकाका व्यवसायी भोलेश्वर दुलाल भन्छन २ महिनामै भत्किने सडक बनाउने जो कोही निर्माण कम्पनिलाई सरकारले कानुनी दाँयरामा ल्याउनुपर्ने बताउछन् । सडकको अवस्था देख्दा जो कोही नयाँ मनिस देखी स्थानियलाई समेत लज्जाबोध भएको भन्दै सडकले व्यवसायीलाई समेत असर गरेको बताउछन् ।

सुन्दरहरैचा १२ का वडाध्यक्ष रोशन ढकालले भने स्थानिय सरकार सग समानवय नगरि गरिएको यो कार्यको सडक विभागले नै जिम्मा लिनु पर्ने बताए । उनले सडक विभागको वेमौसमी बाजा भन्दै सडक विभागको आलोचना गरेका छन । उनले निर्माण कम्पनिलाई पुन सडक कालोपत्रे गर्न आग्रह गरेका छन ।

निर्माण कम्पनिले भने वर्खा याममा पानी परेको कारण सडकको कालोपट्रे उप्किएको तर कालोपत्रे गुणस्तरीय नै भएको दाबी गरेको छ । निर्माण कम्पनिले यसो भनिरहदा यता स्थानियले भने छाता व्यापारिले “ छाता घाम पानीबाट जोगाउनु “ भने जस्तै भएको भन्दै सामाजिक सञ्जालमा व्यङ्ग गर्न थालेका छन ।

यता सडक विभागले भने कालोपत्रे सडकको अनुगमन गरे पश्चात मात्र थप निर्णय लिने बताएका छन । सडक विभाग विराटनगरका प्रमुख शुभराज न्यौपानेले भने गरिएको सडक कालोपत्रे गुणस्तरीय हो या हैन अहिले नै भन्न् सकिने अवस्था छैन हामी प्राविधिक टोली सहित अनुगमन गरे पश्चात मात्र थप निर्णय लिन्छौ ।

तपाईको प्रतिक्रिया