काठमाडौँ । सामाजिक सञ्जालमा प्रसार भएको पत्रकार शालिकराम पुडासैनी आ*त्मह*त्या प्रकरणबारेको विषयवस्तुमा छानविन तथा सो*धपुछका लागि भन्दै बिहीबार न्युज २४का पत्रकार रवी लामिछाने र युवराज कँडेललाई नियन्त्रणमा लिएको थियो ।पानीपोखरी स्थित न्यूज २४ को कार्यालयबाटै कार्यक्रम ‘सीधाकुरा जनतासँग’का प्रस्तोता,पत्रकार लामिछाने र कँडेललाई प्रहरीले नियन्त्रणमा लिई शुक्रबार चितवन जिल्ला अदालतमा हा*जिर गराएका थिए , के समाचार कक्षबाटै पत्रकारलाई नि*यन्त्रणमा लिनु नियम संगत हो ?भन्ने विषयमा कुराकानी गर्नका लागि न्युज २४ टेलिभिजनले प्रेस काउन्सिल नेपालका पुर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्कीलाई आफ्नो स्टुडियोमा निम्त्याएको छ ।

प्रेस काउन्सिल नेपालका पुर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्कीले न्यूज २४ टेलिभिजनको पत्रकार रवी लामिछाने र युवराज कँडेललाई समाचार कक्षबाटै विना अ*नुमति जुन तरिकाबाट नि*यन्त्रणमा लिइएयो, यो संविधान र कानुन वि*परीत भएको बताउनुभएको छ ।नेपाल वर्तमान संविधानको प्रस्तावनामा नै पुर्ण प्रेस स्वतन्त्रताको ग्या*रेन्टी गरेको अवस्थामा समाचार कक्ष भित्रै ठुलो संख्यामा प्रहरीले ग*रफ्तार गर्नु पत्रकारिताको क्षेत्रमा ग*म्भिर र नि*न्दनीय भएको टिप्पणी गर्नुभयो ।कार्यक्रम सीधा कुरा जनता संग प्रसारणको तयारीको अवस्थामा रहीरहेको अ*वस्थामा सञ्चारगृहमा नै पसेर प्रहरी कार्यक्रम सञ्चालक र पत्रकार कँडेललाई नियन्त्रणमा लिनु नियम वि*परीत रहेको छ, उहाँले भन्नुभयो ।

संविधानमा कुनैपनि प्रकाशन सामाग्री वा विद्युतीय सामाग्रीलाई प्रकाशन, प्रशारण गर्नुपुर्व नियन्त्रणमा लिने छैन र जफत गरिने छैन भन्ने स्पष्ट व्यवस्था हुँदा हुँदै सीधा कुरा कार्यक्रम सञ्चालन गर्नु केही समय अघि कार्यक्रम सञ्चालकलाचई गिरफ्तार गर्नु अझ आपत्तीजनक भएको उल्लेख गर्नुभयो ।सीधाकुरा कार्यक्रमका सञ्चालक रवी लामिछानेले प्रहरीको छानवीनलाई सहयोग गर्नेल भनिरहेको अवस्थामा जुन तरिकाले सिनयन्त्रणमा लिइयो त्यो, घटनालाई लिएर नेपाल पञकार महासंघ, मिडिया सोसाइटी नेपाल र सञ्चार क्षेत्रका विभिन्न संघ सस्थाहरुले भत्सर्ना समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया