काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि यसै साता फेरि सिंगापुर जाने भएका छन् । सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका थप उपचारका फेरि सिंगापुर जान लागेका हुन् । उनी स्वदेश फर्केको एक सातापछि नै दोस्रोपटक ‘फलोअप’ का लागि सिंगापुर जान लागेका हुन् ।
प्रधानमन्त्रीको सिंगापुर प्रस्थान साउन पहिले साता हुने बताइएकाे छ । १२ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री ओलीले अहिलेसम्म नियमित औषधि खाइरहेका छन् । अघिल्लो साता सिंगापुरमा चलाइएको नयाँ औषधिको ‘इफेक्ट’बारे थप जाँचका लागि सिंगापुर जानै पर्ने भएको समेत बताइएकाे छ । प्रधानमन्त्री ओली गत साउन १८ गते पनि परिक्षका लागि सिंगापुर गएका थिए ।


















