उत्तरी भारतको दुई राज्यमा चट्याङ परेर १०७ जनाको मृत्यु भएको छ । चट्याङ लागेर बिहारमा ८३ र उत्तर प्रदेशमा २४ जनाको मृत्यु भएको अधिकारीहरुलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

भारतको आपतकालीन प्रबन्धन विभागको अनुसार बिहीबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर १०७ जनाको ज्यान गएको हो । चट्याङ लागेर कैयौँ घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बिहारको २३ जिल्लामा चट्याङ परेको छ भने उत्तर प्रदेशको पूर्ण विवरण आइनसकेको जनाइएको छ । बिहारमा सबैभन्दा धेरै गोपालगञ्जमा १३ जनाको ज्यान गएको छ भन् मधुबनी र नबादामा आठ–आठ जनाको ज्यान गएको छ ।

घटनाप्रति दुःख व्यक्त गर्दै बिहारमा मुख्यमन्त्री नीतिशकुमारले मृतकका परिवारलाई चार÷चार लाख रुपियाँको राहत घोषणा गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया